स्मिता र्राई

स्मिता र्राई

मंसिर ५, २०७१

झट्ट हेर्दा उनको लुक्स आकर्ष छ । मिजासिली र मधुर मुस्कानकी धनी छिन् झापा दमककी २२ वर्षीया स्मिता र्राई । यस्तै स्वभाव र लुक्सले नै उनलाई मिस र्राई-२०७० को मिस पर्सनालिटी हुने सौभाग्य जुरायो । स्मिता अहिले  डिप्लोमा इन फार्मेसी अध्ययन गरिरहेकी छिन् । र्राईले हालसालै गायक जगत र्राईको 'मोहनी लगायौं तिम्ले...' गीतमा अभिनय गरेकी छिन् ।  स्मितालाई कोरियोग्राफर रिनाशा र्राई को पर्सनालिटी एकदम मनपर्छ । मार्मिक एवं सभ्य चलचित्र बने अवश्य सफलता हासिल गर्न सकिन्छ भन्ने उनको तर्क छ । कलाकारिता उनका लागि बाल्यकालदेखि कै 'रुचि' हो । सानो छँदा विद्यालयमा अभिनय गरेको नाटक तथा गाउँघरमा दीपावलीको समयमा गरेको नृत्य स्मरण गर्ने स्मितामा ठूलो पर्दामा अभिनय गर्ने रहर पनि छ ।

प्रकाशित :मंसिर ५, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्