विवाहका कारण हैरान

विवाहका कारण हैरान

मंसिर ५, २०७१

'मंगलबार बिहान एकाबिहानै भाइले कतारबाट फोन गरेर गाली गरेपछि म झसंग भएँ,' कलाकार दीपाश्री निरौलाले भाइसँगको टेलिफोन संवाद सुनाउँदै भनिन्( 'के गरेको तैंले यो पो भन्छ त ! ' दीपाश्रीले भाइलाई अनलाइनहरूमा प्रकाशित खबरको शीर्षक मात्र होइन, पूरै समाचार पढ्न भनेपछि मात्र उनका भाइ ढुक्क भए । हास्यकलाकार निर्मल शर्माले फोर्स गाडीको एउटा टेलिभिजन विज्ञापनमा दीपकराज गिरी र दिपाश्री निरौलालाई श्रीमान्-श्रीमतीको भूमिकामा प्रस्तुत गरेको तस्बिर फेसबुकमा अपलोड गरेको केही घण्टापछि नै अनेकन अनलाइनमा थुप्रै गसिप प्रकाशित भए । दुलाहा-दुलहीको भेषमा प्रस्तुत भएका दीपक र दीपालाई निर्मलले विवाह गरिदिएको आशयको गसिप भाइरल भएपछि दुवैको तनाव बढेको हो । सोमबार छायांकन गरिएको विज्ञापनको तस्बिरसहितको सामग्री प्रकाशित भएपछि मंगलबार दिनभरि दीपा र दीपकलाई फोन गरेर बधाई दिनेहरू प्रशस्तै भए । 'बधाइ खाँदा-खाँदा मोबाइल नै ह्याङ भैसक्यो, दीपाश्रीले मंसिर १ गतेकै दिन उक्त सामग्री प्रकाशित भएकाले पनि नक्कली विवाहलाई नजिकका साथीभाइ तथा आफन्तले समेत सक्कली मानिदिएको बताइन् । ४५ सेकेन्डको उक्त विज्ञापन आगामी सातादेखि प्रसारणमा आउनेछ ।

केकीलाई तनाव

अहिलेकी 'हटकेक' नायिका हुन्( केकी अधिकारी । केकी अभिनीत चलचित्र सफल भए पनि नभए पनि उनी दर्शकको रोजाइकी नायिका हुन् । केकी अभिनीत चलचित्र श्री ५ अम्बरे यसै साता र्सार्वजनिक हुँदैछ । यसबीच केकीलाई तनावमा पार्ने एउटा कुरा र्सार्वजनिक भएको छ । सिभिल बैंकबाट घरकर्जाका लागि उनका बुबा बद्री अधिकारी तथा आमा लक्ष्मी अधिकारीले लिएको ऋण चुक्ता गर्न ३५ दिने सूचना मंसिर २ गतेको एक दैनिकमा प्रकाशित भएको छ । केकी उक्त ऋणकी जमानीकर्ता हुन् । यो ऋणको सूचनालाई लिएर केही मिडियाले ठूलै स्कुप मारेझैं गरी समाचार बनाएकोमा सञ्चारिका समूहकी पूर्वअध्यक्ष तथा घटना र विचार साप्ताहिककी सम्पादक बबिता बस्नेतले भने प्रतिकार गरेकी छिन् । आङ्खनो फेसबुक वालमा बबिताको तर्क छ- जिन्दगीमा उतारचढावहरू आउँछन्, सुख-दुःखहरू हुन्छन् तर अरूको दुःखमा कसैलाई परेको आपतमा खुसी हुने हामीहरू कतै परपीडक त हुँदै गैरहेका छैनौं -, त्यसो त स्वयं केकीले समेत त्यस्ता समाचारप्रति असहमति जनाउँदै पैसाको अभाव सबैलाई हुने र त्यो अपराध नभएको बताइसकेकी छिन् । यसअघि गायक रामकृष्ण ढकालको पनि यस्तै प्रकृतिको समाचार र्सार्वजनिक भएको थियो ।

गायिका बन्दै नायिका

नायिका प्रियंका कार्की गायिकाका रूपमा श्रोतामाझ आउने तयारी गर्दैछिन् । चलचित्र 'आवरण' को 'छोपिएको सत्य...' गीतमा पार्श्व गायन गरिसकेकी प्रियंका यतिबेला पहिलो एकल एल्बमको अन्तिम तयारीमा छिन् । आठवटा गीत समावेश हुने उक्त एल्बमको शीर्षक भने जुराउन बाँकी छ । प्रियंकाले 'स्वतन्त्र...' शीर्षकको एल्बमको पहिलो गीत रेकर्ड गराउँदै छिन्, जसमा शैलेश श्रेष्ठको शब्द तथा शैलेन्द्र सिंहको संगीत रहनेछ । केही चलचित्रका गीतमा नृत्य निर्देश्ँन समेत गरिसकेकी प्रियंकाले आफ्ना एल्बमका गीतको म्युजिक भिडियो समेत निर्माण गरिने घोषणा गरेकी छिन् ।

आइटम इन्दिरा

परिचय गायिकाको भए पनि इन्दिरा जोशी बोल्ड एन्ड ब्युटिफुल लेडीका रूपमा परिचित छिन् । इन्दिराको सौर्न्दर्यका कारण थुप्रैले उनलाई चलचित्रको नायिकाका रूपमा अभिनय गरिदिन प्रस्ताव पनि गरेका हुन् । ब्लकबस्टर हिट चलचित्र लुटको आइटम गीत उध्रिएको चोलीकी गायिका जोशीले आफ्ना गीतका म्युजिक भिडियोबाहेक अन्य काम गर्न अस्वीकार गर्दै आएकी थिइन् । यद्यपि यी बेली डान्स गायिकालाई आइटम डान्स गराउन सफल भएको छ, चलचित्र फन्को । आफ्नो लचकदार कम्मरलाई बान्की पारेर घुमाउन माहिर इन्दिराले चलचित्र फन्कोका लागि आफैंले गाएको आइटम गीतमा डान्स गरेकी हुन् । हेटौंडामा छायांकन भएको उनको आइटम डान्स चाँडै नै दर्शकले हेर्न पाउनेछन् । 'शुद्ध सांगीतिक चलचित्र भएको खण्डमा नायिकाका रूपमा पनि काम गर्न तयार छु,' इन्दिराले भनेकी छिन्- 'चलचित्र फन्को सांगीतिक विषयवस्तुमै केन्द्रित भएकाले पनि काम गर्न सहज लाग्यो ।' चेतन सापकोटाको संगीतको आइटम गीतमा इन्दिराले अभिनय गरेकै कारण फन्कोले पनि निर्माणकै क्रममा पर्याप्त चर्चा बटुलेको छ ।

प्रकाशित :मंसिर ५, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्