संर्घषका क्रममा साथीभाइ बिर्सिदिनुपर्छ

संर्घषका क्रममा साथीभाइ बिर्सिदिनुपर्छ

- नरेन्द्र रौले

मंसिर ५, २०७१-

संवतविक्रम पाण्डे त्यस्ता थोरै नेपाली युवा सेफहरूमध्ये एक हुन् जो यही विषयमा तालिम दिनकै लागि संसारका फरक-फरक मुलुक चहार्छन् । विषयप्रति उनको विज्ञता र क्ष्ँमता देखेर विदेशका ठूला-ठूला होटलहरूले उनलाई निरन्तर निम्तो दिइरहन्छन् । काठमाडौंको मोर्डन इन्डियन स्कुलबाट प्लस टु सक्नेबित्तिकै सिंगापुर हान्निएका संवतले सिंगापुर होटल एन्ड टुरिजम सेन्टरमा अध्ययन गरें । आङ्खनो समूहमा अध्ययनरत २ सय विद्यार्थीमध्ये उनी तेस्रो स्थान आउन सफल भए । उनको कठोर मेहनतले उक्त सफलता सम्भव भएको थियो ।

'सिंगापुरले मलाई धेरै कुरा सिकायो ।' संवतले आफ्नो विगत सम्झिए, 'दु:ख-सुख, भोक-तिर्खा, जीवन, मान्छे धेरै कुरा मैले त्यही बुझें ।' ग्राजुएसनपछि उनले सिंगापुरकै साइमन्स रेस्टुराँमा काम गरे । साइमन्स रेस्टुराँ त्यहाँका धनीमा गनिने व्यक्तिको रेस्टुराँ थियो, जहाँ सुरुमा उनलाई काम पाउन गार्‍हो भयो । '१५ दिनमात्र मलाई काम गर्न दिनुहोस् ।' संवतले जागिर खोज्दै जाने क्रममा उक्त रेस्टुराँ पुगेर भनेछन्, 'सबै किसिमका परिकार बनाउन सकिनँ भने निकालिदिनुहोला ।' जीवनकै पहिलो जागिरमा उनले यसरी तन-मन दिएर काम गरे कि महिनाको १ हजार डलर दिने भनिएको ठाउँमा खुसीले १६ सय डलर दिइयो । उनी धेरैको नजरमा पर्दै गए । सिंगापुरका सेलिब्रिटी ज्याकी च्याङले त पाण्डेसँग मिलेर २ वटा क्याफे नै खोले । कलिलो उमेरमै सेफ भएपछि स्थानीय पत्रपत्रिका तथा टेलिभिजनले उनका बारेमा समाचार प्रकाशन तथा प्रसारण गरेका थिए ।

संवतका दृष्टिमा इटालियनहरू खानाका अत्यन्तै सौखिन हुन्छन् । खानाका विविध परिकार बनाउन, खान, पेयपदार्थहरू पिउन इटालियनहरू जति अरू कसैले जानेका छैनन् । इटालीका मिम्मोले सुरु गरेको बोर्गो इटालियन रेस्टुराँमा पाँच वर्षकाम गरेपछि उनले उक्त कुराको राम्रै अनुभव गरे । मिम्मो उक्त रेस्टुराँका मालिक र सेफ दुवै थिए । मिम्मोसँग निरन्तर ५ वर्षकाम गरेपछि संवतमा आत्मविश्वास बढ्यो । उनमा सीप, अनुभव र क्षमता बढ्दै गयो । परिकार मात्र होइन उनले किचेन डिजाइन, रेस्टुराँको सेटअप आदि धेरै कुरामा ज्ञान बटुले । उनको त्यही ज्ञान सदुपयोग गर्न एसियाका साथै अन्य महादेशका होटल, रेस्टुराँ तथा क्याफेहरूले उनलाई निम्ता दिए । परिणामस्वरूप ३१ वर्षै उमेरमा उनले सिंगापुर, युगान्डा, रुवान्डा तथा अस्टे्रलियाको ठूला होटलमा काम गरेर अनुभव बटुलिसकेका छन् ।

संवतले सामान्य सेफबाट काम सुरु गरे । पछि उनी ठूला होटलका कार्यकारी सेफसमेत भए । अरूले उनको मातहतमा रहेर काम गर्नुपथ्र्यो । युगान्डाको मुन्योन्यो कमनवेल्थ रिसोर्टको कार्यकारी सेफ बन्न पाउँदा उनलाई सबैैभन्दा बढी गौरब महसुस भयो । यो त्यही रिसोर्ट हो, जहाँ अफ्रिकाभरिकै ठूला कार्यक्रम आयोजित हुन्छन् । संवत आफैंले बनाएको खाना लिबियाका र्सवाधिक चर्चित नेता कर्र्णोल गद्दाफी, संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुन तथा पर्ूव महासचिव कोफी अन्नानलगायत अरू थुप्रै ठूला व्यक्तित्वहरूले चाखेका छन् । त्यहाँ रहँदाको एउटा घटना उनका लागि अविस्मरणीय छ । कर्र्णोल गद्दाफी रिसोर्टमा आउने क्रममा जब गार्डले मेन गेट खोले, गाडीको झ्यालबाट हात बाहिर निकाल्दै गद्दाफीले ती गार्डलाई ५ हजार डलर दिए । त्यत्रो रकम पाउँदा गार्ड त्यही ढल्न पुगे । जतिसुकै ठूलो रिसोर्ट पुगे पनि गद्दाफी आफ्नो छुट्टै टेन्ट गाडेर बस्दा रहेछन् र आफ्नो सुरक्षाका लागि महिला गार्ड मात्र राख्ने उनको बानी रहेछ ।

संवत ६ महिनादेखि बेलायतको ह्यारोस्थित ग्य्राङ्गर एन्ड सिओ होटलमा असिस्टेन्ट एक्ज्युकेटिभ सेफका रूपमा कार्यरत छन् । उनको मातहतमा २२ जना कर्मचारी छन् । बिहान ५ बजेतिर ब्युँझिने पाण्डे ६ बजेतिर रेल चढेर होटलतर्फलाग्छन् । दिउँसो ४ बजेसम्म उनी होटलमै व्यस्त रहन्छन् । बेलुकी घर र्फकंदा ६ बजिसकेको हुन्छ । बिदाको दिन घर नजिकैको पार्कतिर घुम्छन् । पेसाले चार्र्टर्ड एकाउन्टेन्ट प्रज्ञासँग बेला-बेला चलचित्र हेर्न जान्छन् । हजारौं प्रकारका गुलाफ फुल्ने ग्रिन पार्क घुम्दा उनलाई बेग्लै रमाइलो लाग्छ । स्वच्छ हरियाली वातावरणले मनमा शीतलता थपिदिन्छ ।

संवतलाई आफ्नी आमा अञ्जलीले बनाएको माछा हालेर पकाइएको चम्सुर-पालुंगो एकदमै मन पर्छ । पाण्डेले सानोमा यस्तो मीठो परिकार ज्रि्रोमा झुन्डिएपछि कुनै दिन आफू पनि त्यस्तै मीठो परिकार बनाउँछु भन्ने सपना पालेका रहेछन् । सांग्रिला क्यासिनोका पर्ूव निर्देशक बुबा बोधविक्रमले भनेको कुरा उनी बारम्बार सम्झिरहन्छन्- अहिले कठोर दु:ख गर्नु पछि सुखका दिन अवश्य आउँछन् । संवतले बेलायतमा आफ्नै रेस्टुराँ खोल्ने अठोट गरेका छन् । त्यसलाई बेलायतभरिकै उत्कृष्ट दस रेस्टुराँभित्र पार्ने उनको सपना छ ।  

संवतको अनुभवले भन्छ, सेफ बन्न गार्‍हो छ । संर्घषका क्रममा परिवार, साथीभाइ, चार्डपर्व आदिसबै बिर्सिदिनुपर्छ । घामपानी, भोक, तिर्खा सबै सहनुपर्छ । परिकार बनाउन जानेर मात्र हुँदैन, त्यसलाई स्टोर गर्न, समयअनुसार हिँड्न, अरूको कुरा सुन्न अनि सिक्न पनि जान्नुपर्छ । 'आफू ढिलो नहुनु, अरूलाई नकुराउनु,' पाण्डे मुस्कुराउँदै भन्छन्( 'ढिलो-चाँडो कर्मको फल त पाइहालिन्छ ।'

प्रकाशित :मंसिर ५, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्