डान्स डान्स

डान्स डान्स

- सुविन भट्टराई

मंसिर ५, २०७१

ऊ राम्रो नाच्थी मात्र होइन, मीठो बोल्थी पनि, मीठो हाँस्थी । उसका दाँतका पंक्ति हलुवाइले बडो यत्नसाथ बनाएको बुनियाको लड्डुजस्तै मिलेका थिए ।

ऊ उही दाँतका पंक्ति देखाउँदै सपनामा पनि आउन थाली । रात रातभर सपनामा फनफनी घुम्दै नाच्थी । मेरो पनि हात समाएर आफूलाई घुमाउथीँ । मलाई पनि घुमाउँथी । बिपनामा रिंगटा लागुन्जेलसम्म ।

यस्तै अनुभूति हुँदो रहेछ जब कसैलाई एउटी डान्सरसँग प्रेम हुन्छ ।

तर के उसलाई पनि मसँग प्रेम भएको थियो -

बुझ्नै सकिनँ । साँच्चै † कति गाह्रो हुँदो रहेछ अरूको मनभित्रबाट बिचार उधिन्न ।

हामी फोनमा घण्टौँ कुरा गरिरहन्थ्यौँ । फोन म गर्थें । फोन उसले पनि गर्थी । प्रेम मैले गर्थेँ । के प्रेम उसले पनि गर्थी -

हरेक कुराकानीमा यहि जान्नलाई आतुर रहन्थेँ ।

हिजोआज आमाको पेटभित्र छोरा छ कि छोरी सजिलै थाहा हुन थालेको छ । आफूले मन पराएको मान्छेको मनभित्र के छ - त्यो थाहा हुने दिन कहिले पो आउला †

हामी धेरैँ भेटिन्थ्यौँ । दिउँसो दिउँसो कफीसपहरूमा । मलहरूमा । अनि रातरातभर मेरै सपनामा । मेरो ब्ल्याक एन्ड ह्वाइट सपना हिजोआज नाचघरजस्तो हुन थालेको थियो ।

एक दिन कफीसपमा कफी खाने क्रममा मेरो मुखबाट अनायास फुत्किएको थियो, 'तिमी छौ र जीवन सुन्दर छ ।'

उसले पनि मुस्कुराउँदै भनेकी थिई, 'तिमी छौ र त यो डान्सर पनि छे ।

एकपटक उसको एउटा फोटोसेसनमा सहभागी हुने अवसर मिल्यो । फोटोग्राफरलाई थाहा थियो, म उसलाई प्रेम गर्छर्ुुन्ने कुरा ।

फोटो सेसनकै क्रममा फोटोग्राफरले भने, 'जाऊ एक दुइवटा डुवेट स्न्याप लिइदिन्छु ।'

म लजाउँदै गएँ । फोटोग्राफरकै निर्देशनअनुसार उसको कम्मरमा हात समाएँ । उसलाई पछाडिबाट झुक्न भनियो । म क्यामेरातर्फहर्ेर्दै लजाएँ । उसले पनि लजाएको अभिनय गरी ।

आहा † क्या राम्रो फोटो आएको ।

मैले त्यो फोटोलाई फेसबुकको कभर फोटो नै बनाएँ ।

अधिकांश मित्रले जिस्क्याए । एक जना मित्रले त 'ह्याप्पी म्यारिड लाइफ' भन्ने कमेन्ट हाने । मलाई त के थियो र - मजै मानेँ । उसलाई आपत्ति हुन्छ कि भन्ने भयो ।

फोन गरेरै सोधेँ र क्षमा मागेँ । उसले खासै आपत्ति जनाइन । ऊ थिई नेपालकी टप डान्सर, सेल्रि्रेटी । धेरैले चिन्थे । पैसा पनि कमाइरहेकी थिइ । एउटा निश्चित उडानमा थिई, तर पनि अझै माथि उड्ने प्यास थियो उसमा । त्यसैले नेपाल छाडेर अमेरिका जाने भइ । जानुभन्दा चारपाँच दिनअघिमात्र मलाई खबर दिइ ।

जानेबेलामा भन्थी, 'पाँच वर्षा लागि हो । त्यसपछि म अवश्य फर्केर आउनेछु ।'

एयरपोर्टमा बिदा गर्न गएको दिन, उसको मुहारमा जुन चमक देखेको थिएँ, कतै लागेन ऊ फर्केर आउँछे । अमेरिका गएका नेपालीहरू को नै पो फर्केर नेपाल आएर बसेका छन् र - (अपवादबाहेक) तैपनि हाँसीहाँसी बिदाइ गरेँ । आफूभित्रको प्रेमलाई व्यक्त गर्न चाहिनँ र गरिनँ पनि ।

यसरी ऊ मेरो जीवनबाट ओझेल भै । सम्भवत: अब ऊ सपनामा आएर नाच्नेछैन । मलाई नचाउनेछैन । मेरा अक्षरहरू, वर्ण्रालाहरूले पनि आराम पाउने भए । मेरा सपनाहरूपनि अब हरेक रात व्यस्त हुनेछैन । मेरा रातहरूलाई कुनै धपेडी हुनेछैन । धेरै आराम पाइरहेको थिएँ । तर सबैभन्दा ठूलो बिडम्बना, यी सब आराम पाउने कुराले म स्वयं आराममा थिइनँ । मेरो नाचघरजस्तो जिन्दगी मुर्दाघरजस्तो हुँदैछ ।

हे जिन्दगी † तलाइँ सोध्न मन लाग्छ, यति हुँदाहुँदै पनि तलाइँ किन अरूकै साथ खोज्न मन

लाग्छ - पाइएको चीजहरूको त वास्तै छैन, नपाइने चीज नै छानीछानी किन रोज्न मन लाग्छ -

प्रकाशित :मंसिर ५, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्