उत्तराखण्डमा नेपाली कलाकार

उत्तराखण्डमा नेपाली कलाकार

- राजेन्द्र नाथ

कार्तिक २८, २०७१

नेपाली गायक वीरेन्द्र जोहारी र पुष्पा बोहराको जोडीले बैतडीको सीमावर्ती सहर पिथौरागढ र झुलाघाटमा धुम मच्चाएका छन् । उनीहरूले त्यहाँ भएका दुईवटा महोत्सवमा दर्शक-श्रोतालाई मजाले उचाले । स्थानीय कुमाउली लबजको झझल्को आउने 'मुई डोली चढ्न्या बेला तो कसो लागलो..' आदिका गीत गाएर उनीहरूले श्रोता-दर्शकहरूको मन जितेका हुन् ।

पूर्वोत्तर भारतमा मात्र होइन, हालका दिनहरूमा पश्चिम सीमा महाकालीसँग जोडिएको उत्तराखण्ड राज्यमा समेत नेपाली गीत-संगीतको माग बढेको छ । झुलाघाटमा 'को महेशानी महोत्सव' तथा पिथौरागढको 'सरदोत्सव मेला' मा हजारौं श्रोताको उपस्थितिबीच वीरेन्द्र र पुष्पाका अतिरिक्त रामचन्द्र काफ्ले, सिन्धु मल्ल, रीता केसी, अर्जुन कौशल आदि कलाकारले पनि नेपाली लोक तथा देउडा गीत सुनाएका थिए ।

त्यसमा पनि भारतीय सहरसँग सीमा जोडिएको दार्चुला पुख्र्यौली घर भएका वीरेन्द्र र पुष्पाका गीतले त्यहाँका दर्शकलाई राम्रैसँग उचाले । मिल्दोजुल्दो भाषा, लबज र संस्कृति भएकाले उनीहरूको गीतले दुवै महोत्सवमा दर्शकको वान्समोर पायो । 'गीत-संगीतको कुनै सीमा हुँदैन,' आफ्नो पर्फमेन्सबाट हौसिएका गायक वीरेन्द्रले भने, 'यसले दुवै देशका नागरिकका बीच मित्रता, भातृत्व एवं संस्कृतिको आदानप्रदान भएको छ ।'

राप्ला-९, दार्चुलाका ३४ वषर्ीय वीरेन्द्र पेसाले प्रहरी नायब निरीक्षक हुन् । यद्यपि पछिल्ला दिनमा उनको परिचय फैलँदै गएको छ । दार्चुलासँग सीमा जोडिएका कुमाउ र गढवाल आदि ठाउँमा नेपाली लोक तथा देउडा आदि गीत सुनिन थालेपछि उनको व्यस्तता बढेको हो । कडा डि्उटी गर्नुपर्ने प्रहरीको जागिरे भए पनि वीरेन्द्रले ९ वटा गीति एल्बम सार्वजनिक गरिसकेका छन् ।

तेरी यादमा, घुघरिला केस, दीलका बिमार, ऐना, स्वास फेर्नै गाह्रो आदिका उनका एल्बम हुन् । ऐनामा पहिलो पटक गायिका अन्जु पन्तलाई उनले देउडा शैलीको गीत गाउन लगाएका थिए । 'हे आमा नेपाल एउटा प्रश्न सोध्छु है, मनमा लिई दुःख नमाने, के कणर्ाली सुदूरपश्चिम तिम्रो होइन र ? उत्तर दिए झर्को नमाने ...' गीत अहिले पनि उत्तिकै चर्चित छ । एल्बम श्वास फेर्नै गाह्रोका लागि उनले गायिका कोमल वली, माण्डवी त्रिपाठी, देवी घर्ती तथा सुरेश शाहीसँग सहकार्य गरे । अहिले उनको एल्बमको वीरस्याजनको मु डोली चढ्न्या बेला... गीत चर्चित छ । पुप्पा बोहराले साथ दिएको उक्त गीतको म्युजिक भिडियो भर्खरै सार्वजनिक भएको छ, जसमा वीरेन्द्र आफैंले मोडलिङ गरेका छन् भने उनलाई मोडल सम्पदा शाहीले साथ दिएकी छिन् ।

 

प्रकाशित :कार्तिक २८, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्