सडक महोत्सवको तयारी

सडक महोत्सवको तयारी

कार्तिक २८, २०७१

खाना, संस्कृति तथा संगीतमा केन्दि्रत पोखराको सडक महोत्सवका लागि रेस्टुराँ एन्ड बार एसोसिएसन अफ नेपाल (रेवान) पोखरा फेरि एकपटक आवश्यक तयारीमा जुटेको छ । पुस १३ देखि १७ गतेसम्म लेकसाइडको तीनकिलोमिटर क्षेत्रमा हुनेछ । महोत्सव सम्पन्न गर्न रेवान पोखराले गत शुक्रबार स्थानीय पर्यटन व्यवसायी तथा लेकसाइडका सक्रिय सामाजिक संघसंस्थाका प्रतिनिधिहरूसँग छलफल गर्‍यो ।

छलफलका सहभागीहरूले विगतमा भएका उत्कृष्ट कार्यहरूलाई निरन्तरता दिन, नियमित रूपमा आयोजना भैरहेका कार्यक्रमलाई परिमार्जित एवं परिष्कृत गर्दै विगतमा भएका त्रुटिहरूलाई दोहोरिन नदिन सल्लाह दिए । उनीहरूले ट्राफिक व्यवस्थापन, सुुरक्षा व्यवस्था, फोहोर मैला व्यवस्थापनजस्ता विषयहरूमा आयोजक जिम्मेवार भएर लाग्नुुपर्नेमा जोड दिए ।

यसपटक भित्री लेकसाइड क्षेत्रलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा पनि सोच्न आयोजकहरूलाई सुुझाव दिइएको थियो । कार्यक्रमका सहभागीहरूले सडक महोत्सव रेवान पोखराले आयोजना गरे पनि यो पोखराको प्रतिष्ठासँग जोडिएकाले यसलाई सफल तुल्याउन पोखरेलीहरू एक भएर लाग्नुपर्ने कुरा पनि औंल्याए ।

प्रकाशित :कार्तिक २८, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्