Teej banner
बिगबोसमा निगार

बिगबोसमा निगार

कार्तिक २८, २०७१

कलर्स टेलिभिजनबाट प्रसारण भैरहेको कार्यक्रम 'बिग बोस' नयाँ चरणमा प्रवेश गरेको छ । अघिल्लो साता वाइल्ड कार्ड इन्टि्रमार्फत बिग बोसको घरमा डिम्पी गांगुली महाजन तथा रेनी ध्यानी भित्रिएपछि पुन: अर्को वाइल्ड कार्डमार्फत बोल्ड नायिका निगार खान प्रतियोगीका रूपमा सहभागी भएकी छिन् । निगार खान विगत १४ वर्षदेखि टेलिभिजन उद्योगमा सक्रिय छिन् । उनले हालसम्म थुप्रै रियालिटी शो तथा धारावाहिकहरुमा अभिनय गरिसकेकी छिन् । धारावाहिकमा उनी प्राय: नकारात्मक भूमिकाका लागि चर्चित छिन् । यसअघिको बिग बोसकी विजेता गौहर खानकी बहिनी निगार खानको आगमनलाई बिग बोसको घरमा रहेका पुराना युवतीहरूले मन पराएका छैनन् ।

सेलेनाको घरमा चोर

गायिका सेलेना गोमेजको घरमा चोर पल्किएको समाचार सार्वजनिक भएको छ । उनको घरमा दिउँसो चोर पसेर ढोका खुलै पारेर भाग्ने गरेको छ । तेस्रो पटक पनि उस्तै घटना घटेपछि सेलेनाको चिन्ता बढेको बताइन्छ । २२ वर्षीया सेलेनाले गत साता उजुरी गर्ने बित्तिकै प्रहरीले उनको घरमा खोजतलास गरेको थियो, तर कसैलाई फेला भने पार्न सकेन । भनिन्छ, यसअघि दुई पटक आफ्नो घरमा कुनै व्यक्ति पसेको जनाउँदै प्रहरीमा उजुरी दिइसकेकी थिइन् । तेस्रो पटक पनि त्यस्तै उजुरी आएपछि प्रहरीले सेलेनालाई नै सचेत हुने सल्लाह दिएको हो ।

प्रकाशित :कार्तिक २८, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्