कोरियोग्राफर बन्दै नमिता

कोरियोग्राफर बन्दै नमिता

कार्तिक २८, २०७१

मिस तमुस्यो नेपाल-२०११ को उपाधि जित्न सफल नवलपरासीकी नमिता तमुस्यो कोरियोग्राफर बन्ने भएकी छिन । मिस तमुस्योको सान मौलिक संस्कृतिको पहिचान भन्ने नाराका साथ नेपाल तमु विद्यार्थी छोँज धींले आयोजना गरेको चौथो मिस तमुस्यो नेपाललाई नमिताले कोरियोग्राफी गर्ने भएपछि नमिता कोरियोग्राफर बनेकी हुन् । मिस नेपाल, मिस मंगोल, मिस ई-कलेजजस्ता थुप्रै सौन्दर्य प्रतियोगितामा सहभागी भै उपाधिसमेत जित्न सफल नमिताले यस वर्षको चौथो मिस तमुस्यो नेपाल-२०१४ को कोरियोग्राफी गर्न लागेको मिस तमुस्यो नेपाल-२०१४ का संयोजक भूपाल तमुले जानकारी दिए । तमु जातिको भाषा, संस्कार एवं संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले २०५४ सालमा प्रारम्भ भएको यो प्रतियोगिताको चौथो संस्करणमा मिस तमुस्यो नेपालकै विजेतालाई अवसर प्रदान गरिएको उनको भनाइ छ । नमिताले यसअघि एसएलसी प्रिन्सेस-२०११ मा असिसटेन्ड कोरियोग्राफरको भूमिका निर्वाह गरिसकेकी छिन् ।

प्रकाशित :कार्तिक २८, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्