तयारी अल नेपाल ह्यान्डराइटिङ च्याम्पियनसिपको

तयारी अल नेपाल ह्यान्डराइटिङ च्याम्पियनसिपको

कार्तिक २१, २०७१

हस्तलेखन एउटा त्यस्तो माध्यम हो जसले व्यक्तिको आत्मविश्वास संयम, अनुशासन तथा एकग्रता बढाउन महत्वपूर्ण भूमिका खेल्छ । त्यसैले हरेकले आ-आफ्नो अक्षरप्रति पनि ध्यान दिनुपर्ने हुन्छ । यही कुरालाई ध्यानमा राखी नेप्लिज काउन्सिलको मातहतमा रहेको अल नेपाल ह्यान्डराइटिङ इन्स्िटच्युटले आगामी डिसेम्बरदेखि मार्च महिनाभित्र विभिन्न चरण गरी करिब ५ हजार जना विद्यार्थीको सहभागितामा अल नेपाल ह्यान्डराइटिङ च्याम्पियनसिपको आयोजना गर्न लागेको छ । वल्र्ड ह्यान्डराइटिङ कन्टेस्ट न्युयोर्क अमेरिकाका लागि नेपालको तर्फबाट राष्ट्रिय निर्देशक दिपेन्द्र रत्न शाक्यका अनुसार यो प्रतियोगितामा दुई समुह- प्रि-टिन (८-१२ वर्ष) र टिन (१३-१९ वर्ष) का विद्यार्थीहरूले भाग लिन पाउनेछन् ।

यो प्रतियोगिताका लागि ५ हजारदेखि ७ हजार प्रतिस्पर्धीको आशा गरिएको छ, जसमध्ये ३ हजार प्रतिस्पर्धी सेमिफाइनल तथा हजार जना फाइनलका लागि छानिनेछन् । फाइनलिस्टहरूबाट टप २५ जना छानिएपछि प्रथम, द्वितीय तथा तृतीय घोषणा गरिनेछ । यो प्रतियोगिताका मार्फत विश्वव्यापी हस्तलेखन प्रतियोगितामा १ हजार जना फाइनलिस्टको हस्तलेखन पठाइनेछ ।

यस अघि २०१४ मा अल विश्वव्यापी हस्तलेखन प्रतियोगितामा पठाइएका हस्तलेखनबाट दुई नेपाली विद्यार्थी छुट्टा-छुट्टै विधामा विश्व च्याम्पियन बन्न सफल भएका थिए । सन् २००० देखि वल्र्ड ह्यान्डराइटिङ कन्टेस्टको आयोजना हुन थालेको सो प्रतियोगितामा आर्टिष्टिक ह्यान्डराइटिङ विधामा जेम्स स्कुलकी स्वणिर्मा शाक्य तथा कर्सिभ ह्यान्डराइटिङ विधामा होलि गार्डिन स्कुलकी रक्षा अर्याल विश्व च्याम्पियन भएका हुन् ।

प्रकाशित :कार्तिक २१, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्