रिश्ता बस्नेत बाट सलोन बस्नेत

रिश्ता बस्नेत बाट सलोन बस्नेत

- सुव्रत आचार्य

कार्तिक २१, २०७१

निर्माता सोभित बस्नेतका छोरा नायक सलोन बस्नेत तथा चलचित्र क्षेत्रमै निकै वर्षदेखि हेयर डिजाइनरको अनुभव सँगालेकी बिपना बस्नेतकी छोरी नायिका रिश्ता बस्नेत कुनै नाता भने छैन । त्यसैले त सफल चलचित्र 'होस्टेल'बाट उदाएका यी नायक-नायिकाले जोडी भएर दुईवटा चलचित्र 'एउटा साथी' तथा 'आधापेज'मा अभिनय गरिसकेका छन् । आज रिलिज हुने 'एउटा साथी'को प्रचारका क्रममा रहेका यी दुईमध्ये रिश्ताले सलोनका बारेमा यसरी कुरा काटिन् :

असल बाइटस्

पात्रमा डुब्ने : अभिनय गर्ने क्षमता त उसको रगतमै छ । त्यसबाहेक आफूलाई दिइएको चरित्रको हाउभाउ तथा बोलीचाली दुरुस्तै उतार्न सक्ने क्षमतावान् कलाकार मान्छु म उसलाई ।

कुशल डान्सर : नाच्न यति सिपालु छ कि नृत्य निर्देशकले सिकाएको हरेक स्टेप सहजै गरिदिन्छ ।

संस्कारी : उसमा ठूलालाई सम्मान गर्ने, समकालीनलाई मित्र मान्ने तथा सानालाई माया गर्ने संस्कार छ ।

फ्रेन्ड्ली : जोसँग पनि छिट्टै घुलमिल हुनसक्ने उसको मित्रवत् स्वभाव मलाई मनपर्छ ।

परिस्थिति बुझ्ने : जस्तो परिस्थिति छ, त्यसैअनुरूप आफूलाई ढाल्न सक्ने विशेष खुबी छ उसमा ।

खराब बाइटस्

मिडिया फ्रेन्ड्ली छैन : मिडियासँग नजिक हुन न मैले जानेकी छु न त उसले नै ।

छिटै प्रभावित हुने : अरूका कुरामा चाँडै प्रभावित हुने उसको बानी मन पर्दैन ।

क्विक डिसिजन : क्विक डिसिजन गर्दा कहिलेकाहीं आफैंलाई घाटा हुन सक्छ भन्ने उसले बुझ्नु आवश्यक छ ।

सीमित साथी सर्कल : नयाँलाई साथी बनायो भने पुरानासँग टाढा हुन्छ ।

फेसबुक नाम : फेसबुकमा उसले आफ्नो नामको अक्षर टुक्र्याएको छ । त्यसो गर्दा उसलाई खोज्ने साथीहरूले फेला पार्न गाह्रो हुन्छ ।

प्रकाशित :कार्तिक २१, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्