काजोलको कमब्याक

काजोलको कमब्याक

कार्तिक २१, २०७१

जीवन्त अभिनयका लागि प्रख्यात नायिका काजोलको कमब्याक हुने भएको छ । श्रीमान् अजय देवगणको होम प्रोडक्सनमार्फत काजोल बलिउडमा कमब्याक हुने बताइन्छ । केही समयअघि काजोल राम माधवानीको चलचित्रबाट कमब्याक हुने चर्चा थियो । जुन पेनोजा नामको अंग्रेजी टेलिसिरियलबाट प्रेरित थियो तर उक्त प्रोजेक्टमा उनको कुरा मिलेन । भनिन्छ- अजय देवगणले हालै मलयालम चलचित्र 'हाउ ओल्ड आर यु' को अधिकार खरिद गरेका छन् । अजयले काजोलका लागि उक्त चलचित्रलाई हिन्दीमा निर्माण गर्नेछन् । काजोललाई पनि यो प्रोजेक्ट मन परेको छ, साथै उनी आफ्नो कमब्याकलाई लिएर उत्साहित पनि छिन् । हाल काजोल आफ्ना दुई सन्तान हुर्काउन व्यस्त छिन् । काजोलले सन् २०१० मा पछिल्लो चलचित्र टुनपुरका सुपरहिरोमा अभिनय गरेकी थिइन् ।

१० लाख फलोअर्स ज्याकलिनका

चलचित्र किकको सफलताको सबैभन्दा बढी फाइदा यदि कसैलाई भएको छ भने ती हुन्— नायिका ज्याकलिन फर्नान्डिज । किक प्रदर्शनपूर्व ज्याकलिनको बलिउड करिअर धर्मराइरहेको थियो, तर सलमान क्याम्पमा नायिकाको भूमिका निर्वाह गर्न पाएपछि ज्याकलिनको करिअर फेरी उज्जवल देखिन थालेको छ । ब्लकबस्टर हिट मानिएको किकले ज्याकलिनलाई पर्याप्त चर्चा दिलाएको छ । त्यसो त उनलाई अहिले अफर पनि उत्तिकै आउन थालिसकेको छ । त्यतिमात्र होइन्, टिवटरमा उनका फलोअर्सको संख्या पनि अचम्मसँग बढेको छ । सन् २००९ मा फ्लप चलचित्र अलादिनबाट बलिउडमा डेब्यु गरेकी ज्याकलिनका अहिले १० लाख टिबटर फलोअर्स छन् । यसले पनि उनको बढ्दो लोकप्रियतालाई दर्साउँछ । ज्याकलिनले यसको सम्पूर्ण श्रेय भने सलमान खानलाई दिएकी छिन् ।

अभिषेकको तर्क

बलिउड अभिनेता अभिषेक बच्चनलाई आफ्नो ब्यानरमा चलचित्र बनाउन मन लाग्दैन रे । सन् २००९ मा पिता अमिताभ बच्चनलाई लिएर 'पा' निर्माण गरेका अभिषेक हाल पितालाई नै लिएर चलचित्र 'शमिताभ' बनाइरहेका छन् । यद्यपि चलचित्र निर्माणमा काम गर्न कुनै रुचि नभएको उनले बताए । अभिषेकका अनुसार जब अरू ब्यानरमा अभिनय गर्ने मौका मिल्दैन, त्यतिबेला चलचित्र निर्माणमा सक्रिय हुनु ठीकै हो । चलचित्र पा ब्लकबस्टर हिट भएकाले त्यसले केही राहत दियो, अभिषेक भन्छन्- 'तर उक्त चलचित्र निर्माणताका मलाई साह्रै दिक्क लागेको थियो, किनभने सोचेभन्दा धेरै गाह्रो भएको थियो । आफूले निर्वाह गरिरहेको चलचित्र निर्माता र अभिनेताबीच परिचयको द्वन्द्व मच्चिरहेको महसुस भएको थियो ।' अभिषेकका अनुसार यदि कुनै चलचित्र निर्माण गरिरहेको अवस्था छ भने उनी त्यो चलचित्रमा काम नगर्नमै आनन्द महसुस गर्छन्, कारण चलचित्र निर्माण र त्यसमा अभिनय पनि गर्नुपर्ने भए दह्रै तयारीका साथ लाग्नुपर्ने हुन्छ ।

 

प्रकाशित :कार्तिक २१, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्