बंगलादेशमा नेपाली कलाकार

बंगलादेशमा नेपाली कलाकार

कार्तिक १५, २०७१

आधा दर्जन नेपाली कलाकारले बंगलादेशका विभिन्न सहरमा नेपाली कला, संस्कृति तथा मौलिकता झल्कने प्रस्तुति दिएका छन् । तेस्रो अन्तर्राष्ट्रिय रोट्रयाक-युनेस्को एड्भेन्चर क्याम्प तथा सांस्कृतिक आदान-प्रदान गर्ने उक्त कार्यक्रमको समापन समारोह बंगलादेशको चट्गाउँमा सम्पन्न भएको थियो । असोज २४ गते प्रारम्भ भै करिब दुई साता चलेको कार्यक्रममा नेपालबाहेक भारत, श्रीलंका, पाकिस्तान तथा बंगलादेशका कलाकारहरूको पनि सहभागिता थियो । चट्गाउँको बन्दरवनमा भएको कार्यक्रममा लोकगायक नवीन पौडेलले आफ्ना लोकप्रिय गीतमार्फत दर्शकको मन जितेका थिए । कार्यक्रममा उनले नेपाली लोकगीतबाहेक केही बंगाली गीतसमेत प्रस्तुत गरेका थिए । कार्यक्रमको दोस्रो दिन बंगलादेशकै सबैभन्दा अग्लो ठाउँमा पनि नेपाली कलाकारले आफ्नो प्रस्तुति दिए । तेस्रो दिनको कार्यक्रममा नेपाली कलाकारहरूले 'झाँक्री' शीर्षकको नाटक मञ्चन गरेका थिए । उक्त नाटकमा उपेन्द्र मिश्र, नवीन पौडेल, दिपिका पौडेल, विमोचन पौडेल, महेश शर्मा, टीकाराम पनेरु आदि कलाकारले अभिनय गरेका थिए ।

 

प्रकाशित :कार्तिक १५, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्