मञ्चिन शाक्य बाट शिखा शाही

मञ्चिन शाक्य बाट शिखा शाही

कार्तिक १५, २०७१

एउटा रेस्टुराँको विज्ञापन निर्माणका क्रममा डेढ दशकदेखि मोडलिङ तथा कोरियोग्राफी गरिरहेका मञ्चिन शाक्यको शिखा शाहीसँग पहिलो पटक भेट भएको थियो । मञ्चिनको समेत साझेदारी रहेको ठमेलस्थित लाउञ्ज रेस्टुराँ रिफको विज्ञापनमा उनीहरूले साथै काम पनि गरे । चलचित्र 'भिजिलान्ते'की एक नायिका शिखा अर्थात् दीपशिखा शाहीसँग छोटो समयमै मञ्चिनको मित्रता भयो । हाल मोडलिङमै रमाइरहेकी शिखालाई सिनियर मोडलका हैसियतले मञ्चिनले आवश्यक सल्लाह-सुझावहरू दिइरहेका छन् भने शिखा पनि मञ्चिन जस्तो असल मित्र पाएर खुसी छिन् । यी दुईमध्ये मञ्चिनले शिखाका बारेमा यसरी कुरा काटे :

असल बाइटस्

पर्फेक्ट मोडल : शारीरिक बनोट, उचाइ, एटिट्युट तथा तस्बिरमा राम्रो देखिने मुहारका कारण उनी पर्फेक्ट मोडल हुन् र त्यही नै उनको प्लस प्वाइन्ट हो ।

हँसिलो मुहार : हाँसिरहने उनको स्वभाव मलाई निकै राम्रो लाग्छ ।

काममा सजिलो : कामका क्रममा उनी निकै सहज रूपमा प्रस्तुत हुन्छिन् ।

नराम्रो लतबाट टाढा : चुरोट र रक्सी पिउनुलाई स्टाइल मान्ने केही मोडलका सामु शिखामा भने त्यस्ता नराम्रा बानी छैनन् । त्यसैले पनि उनी फरक छिन् ।

स्वस्थ र राम्रो स्मरणशक्ति : उनको स्मरण शक्ति निकै राम्रो छ, साथै फिटनेसका कारण शरीर पनि स्वस्थ छ ।

खराब बाइटस्

फोन नउठाउने : उनको मोबाइल फोन हत्तपत्त उठ्दैन । यो बानी मलाई मन परेको छैन ।

कहिलेकाहीं अल्छी : यदाकदा उनी अल्छी गरेर बिहान ढिलो उठ्छिन् । आफूलाई सदा स्फूर्त राख्नुपर्छ भन्ने मेरो धारणा छ ।

सही व्यक्तिको छनौट गर्नुपर्ने : करियर अघि बढाउन तथा राम्रो काम गर्न उनले सही व्यक्ति छान्न जान्नुपर्छ ।

अति खाने : उनी खानामा नियन्त्रण गर्न सक्दिनन् ।

सही र गलत नचिन्ने : सही र गलतको पहिचान गर्न नसक्ने बानीमा सुधार ल्याउनुपर्छ ।

प्रकाशित :कार्तिक १५, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्