दीपावलीमा छरौं रंग उज्यालो र सुगन्ध

दीपावलीमा छरौं रंग उज्यालो र सुगन्ध

कार्तिक ८, २०७१

तिहारमा घर-आँगनलाई उज्यालोले सरोबर गरिन्छ। आफ्नो घरलाई सुन्दर र झिलिमिली बनाउन माटोको परम्परागत दियोदेखि लिएर फंकी ल्याम्पको माध्यमजस्ता कैयन् सामग्रीको सहयोग लिन सकिन्छ। हिजोआज बजारमा डिजाइनर दियोको चलन बढ्दो छ। यसले घरलाई उज्यालो त बनाउँछ नै, साथै त्यसको कलात्मक डिजाइन अत्यन्त सुन्दर देखिने भएकाले त्यसले सजावटको कार्य पनि गर्छ। मध्यमखालको उज्यालो छर्ने सानो आकारको माटोको दियो घर-आँगन उज्यालो बनाउने परम्परागत विधि भए पनि त्यसमा हिजोआज सुन्दर परिवर्तन आएको पाइन्छ। डेकोरेटिभ दियो कैयन् सुन्दर डिजाइन एवं रंगमा उपलब्ध छ।

सुन्दर फूल र अन्य सेपका टि लाइटले उज्यालोलाई एक प्रकारको क्लासी टच प्रदान गर्छन्। यी स-साना टि-लाइटबाट प्राप्त हुने झिलीमिलीले पूरा घरलाई सुन्दर लुक प्रदान गर्छ। यिनलाई आकर्षक खालको टि-लाइट होल्डर्समा राखेर घरको हरेक अँध्यारो कुनामा सुन्दर ढंगबाट उज्यालो पुर्‍याउन सकिन्छ। हिजोआज बजारमा एलइडी क्यान्डलमेत उपलब्ध छ, जुन तिहारमा घरलाई उज्यालो बनाउने राम्रो उपाय हो। त्यसबाहेक पिलर क्यान्डल, अनेकन आकारका सजावटी क्यान्डल, प्रिन्टेड मोटिफस युक्त क्यान्डलबाट पनि घर उज्यालो पार्न सकिन्छ। फ्लोटिङ क्यान्डलले पनि एउटा विशेष उज्यालोका साथमा घरलाई सुन्दर अपिल प्रदान गर्छ। माटो वा मेटलको कुनै ठूलो दियो वा बाउलमा पानी भरेर कैंयन् साना फलोटिङ क्यान्डललाई त्यसमा राख्नुपर्छ। पानीमा तैरिने सुन्दर फ्लोटिङ क्यान्डलको समूह अत्यन्त आकर्षक देखिन्छ। पानीमा गुलाफको फूलका पातहरू हालेर त्यसमा लाइटका साथमा कलरको एलिमेन्ट हाल्न सकिन्छ। यसलाई मुख्य आकर्षणका रूपमा सजाउन सकिन्छ। सजाबटी प्वाल भएको ब्रस ल्याम्प पनि उज्यालोलाई सुन्दर आयाम दिन उपयोगी हुन्छ। ती प्वालबाट फैलने उज्यालो अत्यन्त मनमोहक हुन्छ।

सुगन्धित होस् हरेक कुना

तिहारका बेला उज्यालोले सजिएको घरमा मध्यम खालको सुगन्ध पनि अनुभव गर्न पाइयो भने त्यसले घरमा आएका पाहुनालाई अझ बढी अकषिर्त गर्छ भने थकानबाट राहत प्रदान गर्न तथा पर्याप्त ऊर्जा प्राप्तिमा पनि महत्वपूर्ण भूमिका खेल्छ। क्यान्डलबाट फैलने सुन्दर उज्यालोले गर्माहट पनि प्रदान गर्छ, तर त्यही क्यान्डलबाट यदि मनलाई शान्ति प्रदान गर्ने चन्दन वा लेवेन्डरको सुगन्ध फैलियो भने अझ सुखद अनुभूति प्राप्त गर्न सकिन्छ। अतः तिहारमा घरलाई मनको उमंग बढाउने एरोमा क्यान्डलले सजाउन सकिन्छ। यदि फूलको सुगन्ध मनपर्छ भने फलोरल सेन्टेड क्यान्डल लिन सकिन्छ वा एपाइसी, स्वीट, सिट्रस, बूडी, ताजापन प्रदान गर्ने फ्रेस गि्रनरी, फ्रुटीजस्ता कैंयन् सुगन्धमा प्राप्त हुने एरोमा क्यान्डलबाट आफ्नो घरलाई मगमग बनाउन सकिन्छ। घरलाई मन्द प्राकृतिक सुगन्धले महकाउन पटप्युरी प्रयोग गर्नु उपयुक्त हुन्छ। पटप्युरी रोज, लेवेन्डर, जस्मिनजस्ता सुगन्ध प्रदान गर्ने फूल एवं अन्य कैंयन् प्रकारका सुगन्धित फूल, पात, हब्स आदिलाई सुकाएर बनाइन्छ, जसलाई आकर्षक बाउल्स वा डेकोरिटिभ सियर फ्याबि्रकमा राखिन्छ। यसबाट निस्कने सुगन्धले घरको हरेक कुनालाई मगमग बनाउँछ। त्यसबाहेक सुगन्धका लागि रिड वा स्टिक डिफ्युजर अथवा प्लग इन डिफ्युजर पनि प्रयोग गर्न सकिन्छ। यसबाट घरलाई सिनेमन, लेबेन्डर, रोजमेरीजस्ता सुगन्धले मोहक बनाउन सकिन्छ। तिहारको पूजामा अगरबत्तीको प्रयोगबाट पनि घरमा सुगन्ध छर्न सकिन्छ।

छरौं रंगको उल्लास

रंगी-बिरंगी उज्यालो एवं सुगन्धित बास्नाको दीपावली वातावरणमा केही उत्सवी रंगको समायोजनले अझ सुन्दरता तथा मनमोहकता थप्छ। तिहारमा प्रयोग हुने रंगमा खुसी, उल्लास एवं उत्साह हुनुपर्छ। त्यसैले घरमा उत्सवअनुरूप रंग छर्नुपर्छ। यस्तो अवसरमा रेड, गि्रन, गोल्ड कपर, सिल्भर तथा एम्बरजस्ता रंग प्रयोग गर्न सकिन्छ। तिहारको सजावटमा रंगीबिरंगी डेकोरेटिभ पेपर पनि महत्त्वपूर्ण हुन्छन्। सुन्दर शोपिस, फ्रुट बाउल, ड्राइ फ्रुट सर्विङ बाउल आदिमा रेड गोल्डजस्ता रंगको प्रयोग सुन्दर हुन्छ। सुन्दर रंगहरूबाट सजिएको रंगोलीले घरलाई अझ आकर्षक बनाउँछ। त्यसका लागि चक, स्यान्ड कलर, रंगोली कलर, चामल पाउडरजस्ता सामग्री प्रयोग गरी सुन्दर इन्द्रधनुषी रंगको छटा भर्न सकिन्छ। विभिन्न रंगका फूलबाट पनि सुन्दर रंगोली बनाउन सकिन्छ। यसको मध्यभागमा दियो वा टी लाइट क्यान्डल पनि सजाउन सकिन्छ। सुन्दर रंगोलीका बीच झल्मलाउँदो दियोको उज्यालोले थप आकर्षण एवं सुन्दरता सञ्चार गर्छ।

 

प्रकाशित :कार्तिक ८, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्