Teej banner
पुष्प मेलाको आकर्षण

पुष्प मेलाको आकर्षण

- रामजी बलामी

कार्तिक ८, २०७१

फूलको व्यवसायीकरण, विकास एवं प्रवर्द्धन गर्ने उद्देश्यले फ्लोरीकल्चर एसोसिएसन नेपाल (फ्यान) ले ललितपुरको जावलाखेलमा आयोजना गरेको फूलको प्रतियोगितात्मक प्रदर्शनीमा अवलोकनकर्ताहरूको बाक्लो उपस्थिति थियो। 'रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि' भन्ने नाराका साथ आयोजित प्रदर्शनीमा सम्झना नर्सरी प्रथम, अजिमा नर्सरी द्वितीय तथा आर नर्सरीले तृतीय स्थान हासिल गरे।

प्रदर्शनीमा काठमाडौं नर्सरी, मुस्कान नर्सरी, द कार्की, बुद्धहर्ष नर्सरी, गि्रन नेपाल, विशाल नर्सरी, बंगलामुखी नर्सरी, रक्षा नर्सरी, रोजमेड, ट्रपिकल प्लान्ट हाउस, कुमारी फ्लोरा, राजडेल नर्सरी, ओम नर्सरी, मितेरी नर्सरी, खड्का नर्सरी, अरुण फ्लावर, जोशी सप्लायर्स, पुष्प विकास केन्द्र, राष्ट्रिय वनस्पति उद्यान आदि गरी ३५ भन्दा बढी नर्सरी सहभागी थिए। प्रदर्शनीमा गोदावरी, सयपत्री, मखमली, लाहुरे, एजेन्लीया, ह्याविस्कस आदि फूलका विभिन्न प्रजाति प्रदर्शन गरिएका थिए। मेला २५ हजारभन्दा बढीले अवलोकन गरेको एसोसिएसनका अध्यक्ष लोकनाथ गैरेले जानकारी दिए। नेपालमा वाषिर्क १ अर्ब १५ करोड रुपैयाँबराबरको फूलको कारोबार हुने गरेको छ।

 

प्रकाशित :कार्तिक ८, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्