सुशील क्षेत्री, नायक

सुशील क्षेत्री, नायक

कार्तिक १, २०७१

आगो टुबाट सुशीलको कमब्याक होला ?

आशा त राखेको छु । काममा मेहनत गर्न कुनै कसर छाडेको छैन । हेरौ के हुन्छ ?

कस्तो बनेको छ आगो टु ?

आगो परिवर्तन अघिको द्वन्द्वमा आधारित थियो भने आगो टु परिवर्तनपछि पनि नसुधि्रएको नेतृत्वविरुद्धको लडाइँमा आधारित छ ।

आगोका निर्देशक त नारायण पुरी थिए, किन

उनैले आगो टु नबनाएका ?

धेरै पहिले नारायण दाइले नै बनाउने कुरा गरिरहनुभएको थियो । किन बनाउनुभएन ? उहाँसँगै सोध्नुपर्छ । आगोका निर्माता किसान पोखरेलले निर्देशक मदन घिमिरेलाई लिएर सिक्वेल बनाउने भएपछि म यसमा सहभागी भएको हुँ ।

कतिवटा चलचित्रमा नायक भइयो ?

१ सय त पुगिसक्यो ।

भोजपुरी चलचित्रमा पनि काम गरिएछ ?

हो, एघार वटामा नायक भएँ ।

तपाईंभन्दा जुनियरहरू भोजपुरी चलचित्रमा स्टार भएका छन्, तपाईं किन ढिलो ?

यसलाई ढिलो वा चाँडो भन्न मिल्दैन । अब मभन्दा जुनियर भोलि गएर देशको उच्चपदमा पुग्यो भने म किन भइन भनेर चिन्तित हुनु ? समय आएपछि जोसुकैको भाग्यमा बत्ती बल्न सक्छ ।

तपाइँको बिल्कुलै नयाँ खबर ?

बिल्कुलै ताजा त होइन, केही महिना भयो छोरीको बाबु भएको छु ।

जान्दै नजानेको काम ?

गफ दिन

पहिलो प्रेमलाई कसरी सम्झनुहुन्छ ?

मचाहिँ उनलाई मन पराउँथे, उनी मन पराउँथिन् कि थिइनन् भन्ने कुरा थाहा नपाउँदै हाम्रो सम्पर्क टुट्यो ।

तपाईंसँग भएको सबैभन्दा महँगो कुरा ?

मेरो परिवार ।

एक जना जसलाई तपाईं जीवनभर बिर्सन सक्नुहुन्न ?

नारायण पुरी, उहाँले त्यो बेला रिस्क लिएर मलाई 'आगो'को नायक बनाउनुभएको थियो ।

मन नपर्ने कलाकार ?

हिमेश रेसमियाको संगीत र गायन मनपर्छ, तर व्यवहार सुनेर दिक्क लाग्छ ।

तपाईंलाई नेपाली चलचित्रकै सबैभन्दा

सोझो नायक भनिँदा कस्तो लाग्छ ?

म सबैसँग सुमधुर सम्बन्ध राख्दै अघि बढ्न चाहने व्यक्ति हुँ । म आफ्ना कारणले कसैको काममा बाधा पुगोस् वा कसैले चित्त दुखाओस भन्ने चाहन्न । त्यसैले मलाई सोझो भनिएको होला ।

तपाईंलाई मनपर्ने तीन नायक ?

राजेश हमाल, शिव श्रेष्ठ तथा दिलीप रायमाझी ।

अहिलेका नायकहरूमा नि ?

जीवन लुइँटेल, आर्यन सिग्देल र सौगात मल्ल ।

मन पर्ने तीन संगीतकार ?

शम्भुजित बाँसकोटा, सचिन सिंह र सुरेश अधिकारी ।

अर्काकी राम्री श्रीमती देख्दा कस्तो महसुस हुन्छ ?

मेरो घरमा त्यसकी भन्दा राम्री छिन् भनेर मख्ख पर्छु ।  

सेक्सी लाग्ने तीन स्वदेशी सेलिब्रेटी ?

निशा अधिकारी, रेखा थापा र झरना बज्राचार्य ।

कुन सेलिब्रेटीलाई सम्भ“mदा सेक्स डिजायर बढेर आउँछ ?

त्यसका लागि सेलिब्रेटीलाई नै सम्झनुपर्छ र ?

चुम्बन मीठो कि सेक्स ?

मीठो त चुम्बन नै हो ।

प्रकाशित :कार्तिक १, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्