दिक्पाल कार्की बाट सुमिना घिमिरे

दिक्पाल कार्की बाट सुमिना घिमिरे

आश्विन २४, २०७१

दिक्पाल कार्कीले हालै पुराना निर्देशक शम्भु प्रधानको निर्देशनमा चलचित्र 'रंग बैजनी'मा नायक हुने अवसर पाएका छन् । उक्त चलचित्रमा दुई जना नायिका छन्— गरिमा पन्त र सुमिना घिमिरे । चलचित्रको छायांकनका बेला उनको ती दुवै नायिकासँग असल मित्रता भयो, तर सुमिनासँग भने चलचित्रमा नायक हुनुभन्दा अगावैदेखि चिनाजानी भएकाले उनी ती दुई नायिकामध्ये सुमिनाका बारेमा कुरा काट्न सहज हुने बताउँदै थिए :

असल बाइटस्

काममा लगनशील : कुनै पनि दृश्यको छायांकनमा लापरवाही गर्दिनन् । पूर्वाभ्यास गरेर मात्र आफ्नो चरित्रलाई क्यामेरामा उतार्ने प्रयास गरिरहेकी हुन्छिन् ।

सहयोगी : सहकलाकारलाई सहयोग गर्ने बानी छ । यसरी सहकलाकारलाई सहयोग गर्दा उनले आफ्नो अभिनयकला स्वभाविक रूपमा देखाउन पाउँछिन् ।

फ्रेन्ड्ली : हाँसिरहने स्वभाव एवं ठट्टा-मजाकमा साथ दिने फ्रेन्ड्ली बानी मन पर्छ ।

गज्जबकी नृत्याङ्गना : उनको नृत्य कला देखेर म आफैं उनको डाइहार्ट फ्यान भएको छु ।

महत्त्वाकांक्षी : उनले जीवनमा आफूले प्राप्त गर्न खोजेको लक्ष्य निर्धारण गरिसकेकी छिन् । मलाई लाग्छ, एक दिन उनले आफ्नो महत्त्वाकांक्षा पूरा गरेरै छाड्छिन् ।

खराब बाइटस्

रिजर्भ देखिनुपर्ने : नवपरिचितहरूसँग कम बोल्छिन्, जसले गर्दा उनी घमन्डी तथा रूखो स्वभावकी छिन् भन्ने भ्रम पर्छ । वास्तवमा उनी त्यस्ती छैनन् ।

डाइटमा कन्ट्रोल छैन : अलिअलि मोटाएर के फरक पर्छ र ? भन्ने उनको सोच छ, जुन उनको करियरका लागि घातक सावित हुनसक्छ ।

फोन नउठाउने : प्राय: फोन रिसिभ नगर्ने उनको हेलचेक्र्याइँले कहिलेकाहीं उनकै लागि अप्ठेरो पो पर्ने हो कि भन्ने डर लाग्छ ।

नाइँ भन्न नसक्ने : कसैलाई पनि नाइँ भन्न नसक्ने उनको स्वभावले गर्दा उनले जस्तो पायो त्यस्तो चलचित्रमा काम गरिन्, जुन उनकै लागि नकारात्मक सावित भयो । अब त त्यसो गर्दिनँ भनेकी छिन्, हेरौं ।

अति भावुक : अरूको सानोतिनो दु:खमा पनि चासो राख्छिन् र आफ्नो काम छाडेर भए पनि सहयोग गर्न तम्सिन्छिन् । आफ्नै काम बिगार्ने उनको भावुक स्वभाव उनकै लागि ठीक छैन । 

 

प्रकाशित :आश्विन २४, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्