इजी बार्बिक्यु

इजी बार्बिक्यु

आश्विन १०, २०७१

कोइला वा बि्रकेट बाल्यो । फलामको झिरमा पहिलेदेखि नुन तथा मसलामा मोलेर राखिएको मासु उन्यो र पोलेर खायो । यही नै हो सेकुवा बनाउने सामान्य विधि । हामीले भन्ने गरेको सेकुवा वास्तवमा 'बार्बिक्यु' हो । क्यारिबियन टापु बार्बाडोसको समुन्द्री किनारामा बसोबास गर्ने टाइनो जातिका मानिसहरूले बोल्ने भाषामा कडा आगोमा पोलेको मासुलाई 'बारबाकोवा' भनिन्छ । बार्बिक्यु शब्द त्यही बारबाकोवाबाट आएको मानिन्छ ।

 दसैंलाई धीत मर्ने गरी मासु खाने पर्वका रूपमा पनि लिइन्छ, तसर्थ घरपरिवारमा मासुका विभिन्न परिकार बनाउँदै खाँदै र पिउँदै रमाइलो गर्ने चलन छ । घरको आँगन, बारी, कौशी वा छतमा परिवारका सदस्यहरू जम्मा भएर मासु पोल्दै खाने र रमाइला गफ गरेर दसैंको मज्जा लिने 'बार्बिक्यु पार्टी'को कन्सेप्ट नेपाली समाजमा बढेको छ ।

सेकुवा अर्थात बार्बिक्यु भन्नेबित्तिकै शाकाहारीहरू नाक खुम्च्याउँछन् । वास्तवमा बार्बिक्यु मासुको मात्र होइन, च्याउ, पनिर, आलु, काउली आदिको पनि बनाउन सकिन्छ । पुरानो बानेश्वरस्थित सिद्धार्थ फुडल्यान्डका सेफ गणेश न्यौपानेले घर-घरमा सहजै बनाउन सकिने बार्बिक्युको विधि साप्ताहिकलाई बताए । न्यौपाने भन्छन्- 'हाम्रो नेपाली जिब्रोलाई विदशीहरूले खाने गरेको बार्बिक्युको स्वाद मन नपर्न सक्छ । हामीलाई मसला भएको तिख्खर स्वाद चाहिन्छ । बार्बिक्युलाई हामी त्यस्तै स्वादमा तयार पार्छौं ।' न्यौपानेका अनुसार खसीको मासु, ह्याकुला, कुखुराको मासु, माछाजस्ता मांसहारी एवं च्याउ, पनिर, आलु, काउलीजस्ता शाकाहारी बार्बिक्युमा प्रयोग हुने एकाध मसला मात्र फरक हुन्छ, तर बनाउने तरिका भने एउटै हो । 'आगोको रापमा राखिने समय भने कम-बढी हुन्छ । जस्तो कि खसीको मासु पाक्न समय लाग्छ भने पनिर एकैछिनमा पाक्छ ।'-उनले स्पष्ट पार्दै भने । न्यौपानेका अनुसार मासुका परिकार खाँदा सलाद पनि खानुपर्छ, जसले गर्दा पचाउन सजिलो हुन्छ । रेस्टुराँहरूमा मासुका परिकार मगाउँदा सलादले गार्निस गरेर ल्याउने कारण पनि त्यही भएको न्यौपानेलेे बताए ।  

चिकेन बार्बिक्यु

सामग्री

हाड नभएको कुखुराको मासु - आधा किलो

बार्बिक्यु सस - १०० ग्राम

दही - अलिकति

अदुवा र लसुनको लेदो - २० ग्राम

कागती - एउटा

मरीचको धूलो - ५ ग्राम

नुन - स्वादअनुसार

गार्निसका लागि

सलाद पत्ता, काँक्रो, मुला तथा गाजर

विधि :

- हाड नभएको कुखुराको मासुलाई अदुवा र लसुनको लेदो, नुन, मरिचको धुलो तथा कागतीको रसमा मोल्ने ।

- त्यसमा थोरै दही र बार्बिक्यु सस हालेर फेरी मोल्ने ।

- मोलिसकेपछि कम्तीमा आधा र बढीमा एक घण्टा छोपेर राख्ने ।

- तन्दुर, कोइलाको चुल्हो वा बार्बिक्यु मेसिन तयार पार्ने । त्यसमा कोइला वा बि्रकेट बाल्ने ।

- मोलेको मासुलाई एक-एक गरी झिरमा उन्ने र १० मिनेटदेखि १५ मिनेटसम्म पोल्ने ।

- पाकेपछि सलाद तथा चटनीसँग खाने ।

यही विधिबाट माछाको बार्बिक्यु पनि बनाउन सकिन्छ । माछाको बार्बिक्यु बनाउँदा भने ठिक्कको सिंगो माछा पोल्नु राम्रो हुन्छ । माछालाई १० देखि १५ मिनेट मात्र पोल्नुपर्छ ।

मटन बार्बिक्यु

सामग्री :

हाड नभएको खसीको मासु - आधा किलो

बार्बिक्यु सस - १०० ग्राम

दही - अलिकति

अदुवा र लसुनको लेदो - २० ग्राम

कागती - एउटा

मरीचको धूलो - ५ ग्राम

नुन - स्वादअनुसार

गार्निसका लागि

सलाद पत्ता, काँक्रो, मुला तथा गाजर

विधि :

-    खसीको मासुलाई आवश्यक आकारमा काटेर अदुवा र लसुनको लेदो, नुन, मरिचको धुलो तथा कागतीको रसका साथ मोल्ने ।

-    त्यसमा थोरै दही र बार्बिक्यु सस हालेर फेरि मोल्ने ।

-    मोलिसकेपछि कम्तिमा आधा र बढिमा एक घण्टा छोपेर राख्ने ।

-    तन्दुर, कोइला बाल्ने चुलो वा बार्बिक्यु मेसिन तयार पार्ने । त्यसमा कोइला वा बि्रकेट बाल्ने ।

-    मोलेको मासुलाई एक-एक गरी झिरमा उन्ने र २० मिनेटदेखि आधा घण्टासम्म पोल्ने ।

-    पाकेपछि सलाद तथा चटनीसँग खाने ।

यो विधिबाट ह्याकुला, कलेजो, कान तथा टाउकाको मासु पनि बार्बिक्यु गर्न सकिन्छ । रांगा तथा बंगुरको मासु पनि यही विधिबाट बार्बिक्यु गरिन्छ ।

पनिर बार्बिक्यु

सामग्री :

चौकोर काटिएको पनिर - आधा किलो

प्याज - ३ सय ग्राम

भेंडेखुर्सानी - तीनवटा

बार्बिक्यु सस - १ सय ग्राम

दही - अलिकति

अदुवा र लसुनको लेदो - २० ग्राम

कागती - एउटा

मरीचको धूलो - ५ ग्राम

नुन - स्वादअनुसार

गार्निसका लागि

सलाद पत्ता, काँक्रो, मुला तथा गाजर

विधि :

-    पनिरलाई अदुवा र लसुनको लेदो, नुन, मरिचको धुलो तथा कागतीको रसका साथ मोल्ने ।

-     त्यसमा थोरै दही र बार्बिक्यु सस हालेर फेरि मोल्ने । मोल्दा हल्का हातले मोल्नुपर्छ, नत्र पनिर टुक्रिने सम्भावना हुन्छ ।

-     आधा घण्टा छोपेर राख्ने ।

-     तन्दुर, कोइलाको चुल्हो वा बार्बिक्यु मेसिन तयार पार्ने । त्यसमा कोइला वा बि्रकेट बाल्ने ।

-     मोलेको पनिरलाई एक-एक गरी झिरमा उन्ने । झिरमा उन्दा पनिरको बीच-बीचमा काटेको भेडे खुर्सानी र प्याज पनि उन्दै जाने ।

-     पाकेपछि सलाद तथा चटनीसँग खाने ।

यो विधिबाट काउली, आलु तथा च्याउको बार्बिक्यु पनि बनाउन सकिन्छ ।

-     पाते वा डल्ले दुबै किसिमको च्याउको बार्बिक्यु बनाउन सकिन्छ ।

-     च्याउको बार्बिक्यु बनाउँदा ताजा च्याउलाई पहिले पानीमा पखालेर राम्रोसँग निचोर्नुपर्छ ।

पोर्क रिब्स बार्बिक्यु

सामग्री : बंगुरको मासुसहितको करङ आधा किलो, बार्बिक्यु सस  १

सय ग्राम, दही अलिकति, अदुवा र लसुनको लेदो ५० ग्राम, कागती

२ वटा, मरीचको धूलो १० ग्राम, नुन स्वादअनुसार,

गार्निसका लागि

सलाद पत्ता, काँक्रो, मुला तथा गाजर

विधि

-     बंगुरको मासुसहितको करङलाई नुन पानीमा उसिन्ने र आधा पाकेपछि त्यसलाई ठिक्कको टुक्रा बनाएर अदुवा र लसुनको लेदो, थोरै नुन, मरीचको धूलो तथा कागतीको रसमा मोल्ने ।

-    त्यसमा थोरै दही र बार्बिक्यु सस हालेर फेरि मोल्ने ।

-    मोलिसकेपछि हावा नछिर्ने गरी प्लास्टिकको झोलामा बाँधेर २४ घण्टासम्म पि|mजमा राख्ने ।

-    तन्दुर, कोइला बाल्ने चुल्हो वा बार्बिक्यु मेसिन तयार पार्ने । त्यसमा कोइला वा बि्रकेट बाल्ने ।

-    अघिल्लो दिन मोलेर फ्रिजमा राखिएको मासुलाई बार्बिक्यु गर्नुभन्दा दुई घण्टा अगाडि नै झिकेर सामान्य तापक्रममा ल्याउने ।

-    त्यसपछि एक-एक गरी झिरमा उन्ने र २० मिनेटदेखि आधा घण्टासम्म राम्रोसँग पोल्ने ।

-    पाकेपछि सलाद तथा चटनीसँग खाने ।

प्रकाशित :आश्विन १०, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्