जोगीनाच

जोगीनाच

आश्विन ३, २०७१-

हाम्रो समाजमा मौलिक तथा धार्मिक नाच एवं जात्राहरू देखाउने प्रचलन छ। लोप हुँदै गएका वर्षौं पुराना नाचहरू चाडबाडको समयमा देखाउने चलन बढ्दै गएको छ। म्याग्दी जिल्लाको सदरमुकाम बेनीबजारको आसपासका गाउँमा सयौं वर्ष पुरानो जोगी नाच हिजोआज पनि देखाइन्छ। बर्खे नाचअन्तर्गतको सबैभन्दा आकर्षक र रमाइलो मानिने जोगी नाच प्रत्येक वर्षको भदौको पहिलो साता प्रारम्भ हुन्छ। विशेषगरी अर्थ संकलनका लागि महत्वपूर्ण मानिने यो नाच कलाकारहरूले भिक्षा मागेको अभिनय गर्नु नै जोगी नाचको सुन्दर पक्ष हो। दिन, दुखी र गरिबहरूलाई दान दिनुपर्छ भन्ने भावना जगाउनु यो नाचको प्रमुख उद्देश्य हो।

प्रकाशित :आश्विन ३, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्