लाखेनाचमा नुवाकोट पहिलो

लाखेनाचमा नुवाकोट पहिलो

आश्विन ३, २०७१

चौथो राष्ट्रिय लाखेनाच प्रतियोगिताको उपाधि नुवाकोट दरबार लाखेनाच खल, नुवाकोटले जितेको छ। चितवनको नारायणगढमा सम्पन्न दुईदिने राष्ट्रिय लाखेनाच प्रतियोगितामा २३ वटा समूहलाई पछि पार्दैै नुवाकोट दरबार लाखे प्रथम भएको हो। यस्तै, दोस्रोमा दाफा भजन लाखे खल, धरान तथा तेस्रोमा कुलां दाफा ललितपुर पाटनले कब्जा जमाए। उत्कृष्ट वेशभूषातर्फ कालिन्चोक दोलखा गुठी, दोलखा, उत्कृष्ट वाद्यवादनतर्फ दाफा खल र्कीर्तिपुर तथा उत्कृष्ट समूहमा पाल्पा भैरव लाखेनाच समूह, पाल्पा विजेता घोषित भए। उक्त प्रतियोगितामा धरान, नुवाकोट, तनहुँ, कास्की, संखुवासभा, गोरखा, नवलपरासी आदि २० जिल्लाका २४ वटा समूह सहभागी थिए।

प्रकाशित :आश्विन ३, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्