राँगाको मूर्तिमा दूध चढाइने मन्दिर

राँगाको मूर्तिमा दूध चढाइने मन्दिर

भाद्र २०, २०७१-काठमाडौं उपत्यकामा चार प्रसिद्ध बाराही मन्दिर छन्— श्वेतबाराही, नीलबाराही, धुम्रबाराही तथा बज्रबाराही। यी मन्दिर नेवारी समुदायका लागि निकै महत्त्वपूर्ण मानिन्छन्। वंशावलीअनुसार नेपाल संवत् ७ सय ८६ मा पाटनका राजा श्रीनिवास मल्लले ललितपुरको चापागाउँमा श्रीमाई बज्रबाराही देवीको देवगृह बनाई मन्दिर निर्माण गराएका थिए। यो मन्दिरको प्रांगणमा रहेको राँगाको मूर्तिमा दूध चढाउने प्रचलन रहेको इतिहासकार योगेन्द्रमान श्रेष्ठ बताउँछन्।

मन्दिरको दायाँपट्ट िनाग, मूलढोकाको दायाँबायाँ सिंहको मूर्ति, अगाडि पित्तलको मण्डप र नजिकै राँगाको मूर्ति छ। आफ्नो घरमा भएका पशु बिरामी भए सोही राँगाको मूर्तिमा दूध चढाइने श्रेष्ठले जानकारी दिए। बज्रयान, तन्त्रयान तथा महायान सम्प्रदायको धार्मिक विधिअनुसार पूजापाठ हुने उक्त मन्दिर क्षेत्रमा नेवार समुदायको बाहुल्यता छ। यो मन्दिर क्षेत्रको जंगलमा उम्रने घाँसपात घरमा ल्याउन नहुने तथा त्यसरी ल्याइएको पात हावाले उडाएर बेलुका फेरि सोही जंगलमा पुर्‍याउने धार्मिक विश्वास पनि छ। यो मन्दिर बौद्ध तथा हिन्दूहरूको प्रसिद्ध धार्मिक स्थलका रूपमा प्रख्यात छ।

प्रकाशित :भाद्र २०, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्