Teej banner
माङसेबुङ

माङसेबुङ

भाद्र २०, २०७१

माङसेबुङ किराँत धर्मावलम्बीहरूको प्रमुख धार्मिक स्थल हो। इलामको बाँझोस्थित यो स्थल किराँत समुदायको मुन्धुम, संस्कार, संस्कृति, इतिहास, भाषा, लिपि, साहित्य र धर्मकर्मको अध्ययन एवं अन्वेषण गर्ने प्रमुख थलो मानिन्छ। किराँत धर्मगुरुको आश्रम रहेकाले यसलाई लारुम्बा नामले पनि चिनिन्छ। स्थानीय पत्रकार सचित राईका अनुसार उक्त स्थानमा किराँतहरूको प्रमुख मन्दिर रहेकाले अखण्ड ध्वनि र अखण्ड दीप प्रज्वलित गरिएको छ। माङसेवुङले विश्व शान्ति र मानव जातिको एकताका लागि सन्देश प्रवाह गरेर आफ्नो परिचय बनाएको छ।

नेपालका राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनले यहीं बसेर ध्यान गरेको इतिहास छ। उक्त क्षेत्रमा मद्यपान र धूम्रपान पूर्ण रूपमा निषेध छ। त्यहाँ ६ किलोमिटर लामो चक्रपथ पनि निर्माण गरिएको छ। किराँत आश्रममा धर्मगुरु मुहिङगुम अङ्सिमाङ लिङ्देन आत्मानन्द तथा धर्मगुरुआमा मुहिङगुम अङ्सिमाङ सावा पवित्रहाङ लिङ्देन ध्यान गरेर बसेका छन्। त्यहाँको मान्द्रेडाँडामा पानी पर्दा तोप, झ्याम्टा, नौमती बाजाको आवाज आउने स्थानीय बासिन्दाहरू बताउँछन्। झापाको दमक तथा इलामको रवीबाट सजिलै माङसेबुङ पुग्न सकिन्छ।

प्रकाशित :भाद्र २०, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्