आज लोकदोहोरी पुरस्कार

आज लोकदोहोरी पुरस्कार

भाद्र २०, २०७१-

आज शुक्रबार काठमाडौंमा 'तेस्रो राष्ट्रिय लोकदोहोरी एवार्ड-२०७१' मार्फत लोकदोहोरी स्रष्टाहरूलाई पुरस्कृत गरिँदैछ। समारोहमा सर्वोत्कृष्ट लोकदोहोरी एल्बम, लय, शब्द, गायक, गायिका, नवगायक, नवगायिका, लोकदोहोरी साँझ गायक, दोहोरी साँझ गायिका, दोहोरी मोडल (महिला तथा पुरुष), प्रतियोगी गायिका, प्रतियोगी गायक, लोकदोहोरी निर्देशक, लोकदोहोरी संगीत संयोजन, रेकर्डिस्ट, छायाँकार, वाद्यवादक आदि १९ विधामा एवार्ड वितरण गरिनेछ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समिति काठमाडौंले आयोजना गर्ने उक्त एवार्डका लागि एकनारायण भण्डारी, विनोद बाजुराली, शिव सुवेदी, पशुपति शर्मा, विरही कार्की, टीका पुन, पूर्णकला बीसी, विष्णु माझी, देवी घर्ती, खुमन अधिकारी, पुष्कल शर्मा, हरि विष्ट आदि संगीतकर्मी मनोनीत छन्।

प्रकाशित :भाद्र २०, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्