सोनु मिस तीज

सोनु मिस तीज

- टोपराज शर्मा

भाद्र २०, २०७१

रूपन्देही पर्रोहा मुर्गियाकी सोनु विकले मिस तीजको उपाधि जितेकी छिन्। तीनदिने तीज महोत्सवको एउटा आकर्षण मिस तीज ट्यालेन्ट शोमा अक्सफोर्ड उच्च मावि बुटवलकी छात्रा सोनु विजेता घोषित भएकी हुन्। प्रतियोगितामा मुर्गियाकै नश्मु घताने फस्ट रनर्सअप तथा दूधराक्ष बाँसगढीकी सवनम न्यौपाने सेकेन्ड रनर्सअप घोषित भइन्। यस्तै बेस्ट मेकअपमा प्रिज्मा थापा, नृत्यमा सोनु विक, पर्सनालिटीमा सृष्टि राना, अनुशासनमा मीरा रास्कोटी तथा क्याटवाकमा नश्बु घताने विजेता भए।

 

प्रकाशित :भाद्र २०, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्