जोय पपैया सन् ग्लामहन्टका विजेता पुरस्कृत

जोय पपैया सन् ग्लामहन्टका विजेता पुरस्कृत

भाद्र २०, २०७१

चार महिना चलेको जोय पपैया सन् ग्लाम हन्ट सन्-२०१४ का विजेताहरूलाई गत सोमबार पुरस्कार वितरण गरिएको छ। कमलादीस्थित सिडब्ल्यु क्याफे विद रेस्ट्रो बारमा जोय पपैया सन ग्लामहन्ट-२०१४ को उपाधि हात पारेकी सिर्जना रेग्मीले नगद ५० हजार रुपैयाँका साथ पर्फेक्ट क्याट वाक टाइटलबापत थप ५ हजारसहित ५५ हजार रुपैयाँ हात पारिन्।

विजेता रेग्मीले जोय पपैया सनको ब्रान्ड एम्बेसडर बनेर विभिन्न विज्ञापनमा काम गर्ने अवसरसमेत प्राप्त गर्नेछिन्। त्यस्तै फस्ट रनर्सअप तथा बेस्ट स्माइलको उपाधि जित्न सफल स्मृति दाहालले नगद ३५ हजार रुपैयाँ हात पारेकी छिन्। त्यस्तै सेकेन्ड रनर्सअप तथा मिस फोटोजेनिकको उपाधि पाएकी आस्था कार्कीले २५ हजार प्राप्त गरिन्। उक्त प्रतियोगितामा ऋतु मगरले पर्फेक्ट फिगर, मनीषा कर्माचार्य र मोनिका कर्माचार्यले बेस्ट स्किन, अनिता चन्दले पपुलर फेस, रञ्जु ठकुरीले बेस्ट पर्सनालिटीका साथ रोजिना श्रेष्ठले बेस्ट हेयर टाइटलका लागि ५ हजार रुपैयाँ नगदका साथमा आकर्षक गिफ्ट ह्याम्पर पनि दिइएको थियो।

गत साउन ३० गते होटल सोल्टीमा सम्पन्न कार्यक्रममा कुनै टाइटल पनि नजितेका प्रतिस्पर्धीहरूलाई १५ सय रुपैयाँ नगदका साथै जोयका तर्फबाट गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो। पुरस्कार वितरण समारोहमा शुभकामना मन्तव्य व्यक्त गर्दै साप्ताहिकका प्रधान सम्पादक सुवास ढकालले दोस्रो संस्करण सफल भएकोमा खुसी व्यक्त गर्दै आगामी वर्ष पनि यो कार्यक्रमलाई निरन्तरता दिन सकिने कुरा बताउनुभयो।

प्रकाशित :भाद्र २०, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्