दसैंअघि सबै विदेशमा

दसैंअघि सबै विदेशमा

भाद्र २०, २०७१

चाडपर्वको मौसम प्रारम्भ भएपछि लोकप्रिय गायक-गायिकाहरू विदेशका कार्यक्रमहरूमा व्यस्त छन्। तीजअघि नै विदेश प्रस्थान गरेका अधिकांश गायक-गायिका तथा हास्यकलाकारहरूले दसैंको कार्यक्रम सम्पन्न भएपछि मात्र स्वदेश र्फकने बताएका छन्।

यतिबेला गायक प्रमोद खरेल बेलायतका विभिन्न सहरमा स्थानीय नेपाली समुदायलाई मनोरञ्जन गराइरहेका छन्। कार्यक्रममा प्रमोद सँगै गायिका सिन्धु मल्ल, हास्यकलाकारद्वय सन्तोष पन्त तथा सीताराम कट्टेल 'धुर्मुस' ले पनि आफ्नो प्रस्तुति दिइरहेका छन्।  कार्यक्रममा सन्तोष पन्तको प्रस्तुतिले दर्शकहरूलाई हँसाइरहेको छ । कार्यक्रममा गायिका सिन्धु मल्लले पनि आफ्ना लोकप्रिय गीत प्रस्तुत गरिरहेकी छिन्। बेलायतको कार्यक्रमपछि गायक खरेल दक्ष्ािण कोरिया पुग्नेछन्। त्यहाँ उनले गायक राजेशपायल राईसंगै सांगीतिक कार्यक्रम प्रस्तुत गर्नेछन्।  

गायक मिलन लामा सांगीतिक कार्यक्रमका क्रममा पहिलो पटक अमेरिका जाँदैछन्। कार्यक्रममा सहभागिता जनाउने क्रममा पाँच वर्षको मल्टिपल भिसा पाएपछि उत्साहित भएका मिलन अमेरिका जानुअघि बेलायतमा सांगीतिक कार्यक्रम प्रस्तुत गर्दैछन्। उनले भदौ २८ र २९ गते बेलायतका रिडिङ तथा ह्यारोमा आफ्ना लोकप्रिय लोकदोहोरी गीतहरू प्रस्तुत गर्दैछन्। लामाले दसैंको पूर्वसन्ध्या (असोज ५ गते) मा बेलायतकै प्ल्मस्टि्रटमा आयोजना हुने सांस्कृतिक कार्यक्रममा समेत सहभागिता जनाउँदैछन्। बेलायतबाट उनी सांगीतिक कार्यक्रममा सहभागिता जनाउनका अमेरिका उड्नेछन्। अमेरिकाको डल्लालमा दसैंको विशेष कार्यक्रम असोज ११ गते आयोजना हुँदैछ। उक्त कार्यक्रममा गायक लामालाई गायिका अञ्जु पन्तले समेत साथ दिने सम्भावना छ। सांगीतिक कार्यक्रममै सहभागिता जनाउन गायक निमा रुम्बा, दीपक लिम्बू, गायिका इन्दिरा जोशी तथा नृत्यांगना पार्वती राई यतिबेला अमेरिकामा छन्। यसबीच गायक निमा रुम्बा गत बुधबार अमेरिकाबाट अस्टे्रलिया प्रस्थान गरेका छन्। भोलि शनिबार अस्टे्रलियाको सिड्नीमा सञ्चालन हुने नेपाल फेस्टिभलमा सांगीतिक प्रस्तुति दिन निमा त्यता लागेका हुन्। एनआरएन अस्टे्रलियाले आयोजना गर्ने उक्त कार्यक्रममा निमा रुम्बासँगै गायक अनिल सिंह, शिरीष देवकोटा तथा नृत्यांगना रोमा न्यौपाने पनि सहभागी हुनेछन्। गायिका सुनिता दुलाल सांगीतिक कार्यक्रमका क्रममा क्यानाडा पुगेकी थिइन्। क्यानाडामा आयोजित आधा दर्जन कार्यक्रममा सहभागिता जनाएर उनी अमेरिका प्रस्थान गरेकी छिन्। गायिका कोमल वली करिब एक साता लामो जापानको सांगीतिक भ्रमणपछि यसै साता स्वदेश र्फकंदैछिन्। गायिका रमिला न्यौपाने पनि जापानको सफल सांगीतिक प्रस्तुतिपछि स्वदेश र्फकने तयारीमा छिन्। गायक दाजुभाइ सत्यराज आचार्य तथा स्वरूपराज आचार्य बेलायतको करिब एकमहिने सांगीतिक यात्रापछि यसै साता स्वदेश फर्किएका छन्।

प्रकाशित :भाद्र २०, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्