सभ्यताको तयारी

सभ्यताको तयारी

भाद्र २०, २०७१

२२ वर्षीया सभ्यता शाही यतिबेला म्युजिक भिडियोमा व्यस्त छिन्। ५ फिट २ इन्च अग्ली सभ्यताले पछिल्ला ६ महिनायता १ दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन्। २२ वर्षीया यी मोडलले हालसम्म लोकदोहोरी, आधुनिक तथा पपगीतका म्युजिक भिडियोमार्फत आफ्नो अभिनय प्रतिभा प्रदर्शन गरिसकेकी छिन्। राजु परियार, विष्णु माझी, पुरुषोत्तम प्रधान आदि गायक-गायिकाका लोकप्रिय गीतमा अभिनय गरिसकेकी सभ्यताले 'कालरात्रि' शीर्षकको टेलिश्रृंखलामा समेत अभिनय गरेकी छिन्। पोखराकी स्थायी बासिन्दा सभ्यता विगत केही वर्षदेखि काठमाडौंमा बसेर अभिनय करियरमा स्थापित हुन संघर्ष गरिरहेकी छिन्। क्याजुअल वेयरकी पारखी सभ्यताले चलचित्र नायिका बन्ने लक्ष्य लिएकी छिन्। अभिनयको प्रशिक्षणमा व्यस्त सभ्यता निटक भविष्यमै चलचित्रमा डेब्यु गर्ने तयारी गरिरहेको बताउँछिन्। फुर्सदमा टेलिभिजनका रमाइला कार्यक्रम हेरेर मनोरञ्जन गर्ने सभ्यता नयाँ-नयाँ ठाउँ घुम्न मन पराउँछिन्।

प्रकाशित :भाद्र २०, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्