चौंरीको रगत पिउने मेला

चौंरीको रगत पिउने मेला

भाद्र १३, २०७१

सुन्दा अनौठो लाग्छ, जिउँदो चौरीको रगत पिउने मेला। यद्यपि नेपालकै म्याग्दी र मुस्ताङका विभिन्न लेकमा चौंरीको रगत पिउने मेला लाग्ने गरेको छ। साउने संक्रान्तिदेखि लाग्ने मेलामा चौंरीको आलो रगत पिउन हजारौंको भीड लाग्ने गरेको पाइन्छ। उच्च हिमाली क्षेत्रको खुला चरनमा छाडिएको चौरीको रगत औषधीय गुणले भरिपूर्ण हुने विश्वासका साथ पिउने गरिएको हो। यसले ग्याँस्टि्रक रोग निको हुनुका साथै यौनशक्ति पनि बढाउने बताइन्छ। यो मेला म्याग्दीको खेप्रा लेक, मुस्ताङको मार्चे लेक, मुलीखर्क, बतासेजस्ता एक दर्जनभन्दा बढी स्थानमा लाग्छ। यो अवसरमा स्थानीय किसानहरूले चौरीको रगत बेचेर राम्रै आम्दानी गर्छन्।

प्रकाशित :भाद्र १३, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्