च्याब्रुङ नाच

च्याब्रुङ नाच

भाद्र १३, २०७१-

लिम्बू समुदायमा प्रचलित नृत्य हो, च्याब्रुङ। कुनै चाडपर्व, विवाह, भोजभतेर, घरपैंचो (नयाँ घरमा सरेका बेला) जस्ता रमाइला अवसरमा लिम्बूहरू च्याब्रुङ बजाएर नाच्छन्। यो नाच वृत्ताकार शैलीमा घेराबन्दी भएर मुन्धुम गाउँदै नाचिन्छ। च्याब्रुङ बजाउँदा प्राय:जसो दाहिने ताल हातले एकपटक र देब्रे ताल लठ्ठीले दुई पटक हिर्काइन्छ। यसरी बजाइएको च्याब्रुङको धुन प्राकृतिक र कर्णपि्रय हुन्छ। काठको ढुङ्ग्रोमा दुवैतिर पातलो छाला मोडेर बनाइने च्याब्रुङमा खरीको प्रयोग भने गरिएको हँुदैन।

च्याब्रुङ नाचको आधारभूत ताल कुसरक्पा हो। यसमा पनि विविधता हुन्छ। यो कहिले गोलो घेरामा, कहिले अर्धगोलाकार त कहिले सरल रेखामा नाचिन्छ। यसमा सबैले एउटै तालमा खुट्टाहरू अघिपछि सार्छन् भने हातले गर्ने अभिनय पनि रोचक हुन्छ। रमाइलो त के छ भने, च्याब्रुङ पारखीहरूले त्यसको गति, बोल र अभिनय हेरेरै नृत्य कहाँ पुग्यो भन्ने थाहा पाउन सक्छन्। यो नृत्यमा कुखुराको भाले, परेवा, मुजुर, ढुकुर, कोइली, भँगेरा, सर्प, पतली, दुम्सी, मृग, बाँदरजस्ता जीवजन्तुको हाउभाउको अनुकरण गरिएको हुन्छ। च्याब्रुङ नाच विवाह, भोजभतेरमा तन्नेरीहरू नाच्छन् भने देवीदेवताको पूजाआजामा परिवारका सदस्यहरू एकै समूहमा नाच्छन्। यो नाचमा गाइने मुन्धुममा पृथ्वीको वर्णन गरिएको हुन्छ।

प्रकाशित :भाद्र १३, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्