सौन्दर्यकर्मीको तीज कार्यक्रम

सौन्दर्यकर्मीको तीज कार्यक्रम

भाद्र १३, २०७१

तीजको अवसर पारेर सौन्दर्यकला व्यवसायी संघ, काठमाडांै जिल्लाले तीज कार्यक्रम सम्पन्न गरेको छ। करिब ५ सय सौन्दर्यकर्मीको भेलामा पाकिस्तानको केटु हिमाल आरोहण गर्ने नेपाली महिला तथा अन्तर्राष्ट्रिय हेन्ड राइटिङ प्रतियोगितामा उत्कृष्टता हासिल गर्ने २ जना छात्रालाई सम्मान पनि गरियो।

उक्त अवसरमा सौन्दर्यकला व्यवसायी संघकी अध्यक्ष कमला श्रेष्ठले तीजको कार्यक्रम रमाइलाका लागि मात्र होइन महिला सशक्तीकरणका लागि पनि उपयोगी भएको बताइन्। कार्यक्रममा गायिका स्मिता घिमिरेले आफ्ना लोकप्रिय गीतहरू गाएर सबैलाई नचाएकी थिइन्। कार्यक्रममा शिक्षा, स्वास्थ्य तथा सौन्दर्यको क्षेत्रमा योगदान गर्ने महिलाहरूलाईसम्मान पनि गरिएको थियो। कार्यक्रममा विविध ब्रान्डका कस्मेटिक्सका साथै स्वाद अचार मसलाको समेत स्टल राखिएका थिए।

प्रकाशित :भाद्र १३, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्