तीज क्विन नेपाल सम्पन्न

तीज क्विन नेपाल सम्पन्न

भाद्र १३, २०७१

अमेजन इन्टरटेन्मेन्टको आयोजनामा तीज क्विन नेपाल-२०१४ सम्पन्न भएको छ। गत शुक्रबार भएको प्रतियोगितामा विवाहित तथा अविवाहित गरी १५ जना महिलाले भाग लिएका थिए। जमुना थापा (तामाङ) विजयी भएको उक्त प्रतिस्पर्धामा मीरा गुरुङ फस्ट रनर्सअप, दीपिका सुयाल सेकेन्ड रनर्सअप एवं बिना थापा थर्ड रनर्सअप भएका थिए।

कार्यक्रममा ममता बिके मोस्ट एक्टिभ, बिना थापा वेस्ट ट्यालेन्ट, ज्योति शाह शंकर बेस्ट क्याटवाक, सुनिता माक मोस्ट डिसिप्लिन, पि्रया गुरुङ मोस्ट पपुलर, आकांक्षा पराजुली बेस्ट हेयर, दीपिका सुयाल बेस्ट ड्रेस, मिरा गुरुङ मोस्ट स्टाइलिस, सीता रसाइली मोस्ट इनोसेन्ट, रोसिना राउत बेस्ट स्किन, दीक्षा बन्जाडे बेस्ट फोटोजनिक, जमुना थापा  (तामाङ) बेस्ट स्माइल तथा इन्द्रकला जुग्जाली अमेजन भ्युअर च्वाइसको उपाधि हात पारे।

प्रकाशित :भाद्र १३, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्