थिएटर मलमा पीत हास्य

थिएटर मलमा पीत हास्य

भाद्र १३, २०७१

काठमाडौं मलमा भर्खरै सञ्चालनमा आएको थिएटर मलमा नाटक 'यल्लो कमेडी' अर्थात् 'पीत हास्य' मञ्चन भैरहेको छ। भदौ १४ गते शनिबारसम्म हरेक साँझ साढे ५ बजे मञ्चन हुने उक्त नाटकमा रोशन मेहता, प्रकृति कार्की, सरिता शाह, मेघा कोइराला, सोनाम मोक्तान तथा राम-लक्ष्मणले अभिनय गरेका छन्।

जम्पिङ फ्रग

मुकुन्डो, कठपुतली र संगीतको मिश्रण रहेको नाटक जम्पिङ फ्रगमा एउटा कलाकारको कल्पनाले सिर्जित मान्छेलगायत भ्यागुता, कछुवा, खरायो, मुसा र कमिलाजस्ता प्राणीहरूको प्रतिक देखाइनेछ। बारुल्लाज: ए ग्यांग अफ पर्फमसँगको सहकार्यमा मण्डला थिएटर नेपालले तयार गरेको जम्पिङ फ्रगलाई सजन थापाले परिकल्पना तथा निर्देशन गरेका हुन्। नाटकमा अनुपम शर्मा, बिजय बराल, विकाश जोशी, मोहम्मद नाजीर हुसेन, रुरु पोखरेल, प्रकाश गन्धर्व, आदित्य कटुवाल, कमल देवकोटा तथा विराट बस्नेत आदिको अभिनय छ। यो नाटक एक महिनासम्म मण्डला नाटकघरमा सोमबारबाहेक हरेक साँझ ५: १५ बजे नियमित मञ्चन हुँदैछ।

प्रकाशित :भाद्र १३, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्