मुना थापामगर उत्कृष्ट लोकगायिका हुन्

मुना थापामगर उत्कृष्ट लोकगायिका हुन्

भाद्र १३, २०७१

मुना थापामगर उत्कृष्ट लोकगायिका हुन्। (लोकगीत नेपालको परिचय हो- मुना थापामगर, साउन ६) मलाई उनको स्वर मनपर्छ। उनले गीतसंगीतकै कारण धेरै देश घुम्ने अवसर पाएकी छिन्। बाँकी जीवन पनि गायनमै बितोस्।

      - अमर राना, सरु थापा

आममानिसमा सरिता आचार्यका बारेमा पढेर खुसी लाग्यो। (आममानिस, मेरो धर्म मसँग छ, भदौ ६) सरल जीवन जिएर पनि उनी महान् छिन्।

      - लाल किराँती

नम्रताजीको अभिनय राम्रो छ। (अन्तरकुन्तर कुराकानी, नम्रता श्रेष्ठ, भदौ ६) अझै राम्राे गर्नुहोला।

      - राजु कार्की, सोल्टु-७, पालुङ

साप्ताहिकको गत अंक महिलाहरूकै लागि मात्र प्रकाशन गरेजस्तो भयो। आगामी अंकहरूमा विज्ञान-प्रविधिलाई पनि स्थान दिनुहोला।

      - मुस्कान

नेपालकै कृषिक्षेत्रमा केही गर्न सकिन्छ भन्ने उदाहरणीय व्यक्तित्वहरूका बारेमा पनि केही प्रकाशन गर्ने कि ?

      - उज्ज्वल खनाल

धर्म, संस्कृति तथा इतिहासलाई पनि स्थान दिनुपर्‍यो।

      - विशाल मगर

ज्ञानका लागी पनि साप्ताहिकले स्थान छुट्टयाउनुपर्‍यो।

      - रूपेश पालिखे

चलचित्र ठूलीलाई सफलताको शुभकामना। (चलचित्र ठूली, भदौ ६) ठूलीले पर्याप्त नेपाली दर्शक कमाओस्।

      - सुदर्शन सापकोटा

साप्ताहिकको गत अंकमा तीजका बारेमा धेरै सामग्री छापिए, त्यसैले खासै मजा अाएन। साप्ताहिकले इतिहास, भूगोलजस्ता फरक विषयलाई पनि स्थान दिनुपर्‍यो।

      - रन्जन सेवान, लिलु किराँती

रमिला न्यौपानेसँगको कुराकानी रमाइलो लाग्यो। (मलाई मन पर्छ, रमिला न्यौपाने, गायिका, भदौ ६) मिडियामा नआएका सेलिबि्रटीहरूलाई बढीभन्दा बढी स्थान दिनु होला।

      - सफलता आचार्य

साप्ताहिकले रोचक सामग्रीहरू समेट्न सके गजब हुने थियो।

      - कृष्ण सुनुवार

म साप्ताहिकको नियमित पाठक हुँ, राम्रो लाग्छ। विशेषगरी मनोज गजुरेलको लेख मनपर्छ। उन्नति गर्दै जाऊ साप्ताहिक— शुभकामना छ।

      - यज्ञराज

प्रकाशित :भाद्र १३, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्