पुरुषले व्रत बस्दा मन परेकी युवती प्राप्त हुने भए के होला ?

पुरुषले व्रत बस्दा मन परेकी युवती प्राप्त हुने भए के होला ?

भाद्र ६, २०७१

कुनै महिला एक ठाउँमा टिक्दैनथे, एक साल एउटाले व्रत बसेर आफ्नो बनाउँछ अर्को साल त्यसैका नाममा व्रत बसेर अर्कैले उडाउँछ भने उसको लोग्ने पनि अर्कैका नाममा व्रत बसेर प्रत्येक वर्ष स्वास्नी फेर्नतिर लाग्छ।

      - पेशल राई

घरभरि युवतीको चाङ लाग्थ्यो कि ?

      - पूर्ण मगर

रेखा थापा सबैकी श्रीमती हुन्थिन् होला।

      - दीपक धामी

एउटी केटीका लागि १० जना केटा व्रत बस्थे होलान्।

      - एलिना संग्रौला

एकपटक आफैंले व्रत बसेर हेरौं न सम्पादकज्यू।

      - उमा तामाङ

केटाहरू सधैं व्रत बस्थे होलान्।

      - स्वप्निल प्रजापति

सबैको घरबार बिग्रन्थ्यो।

      - पार्वती न्यौपाने

म त दिनहुँ व्रत बस्थें।

      - जीवन पराजुली

एउटै युवतीका १ सय २ श्रीमान् हुन्थे।

      - नीरज भट्ट

बबालै हुन्थ्यो होला नि।

      - दुर्गा रिजाल

उँधो बग्ने खोला उँभो बग्थ्यो।

      - बिनी सुब्बा

एउटै केटाले धेरै केटीसँग विवाह गर्ने सपना पूरा हुने थियो।

      - इन्दिरा बिसु

मन्दिरमा महिला सिट छुट्टयाउनुपथ्र्यो। नत्र पुरुषको लाइन ठूलो भएर महिलाको पालै आउँदैनथ्यो।

      - दर्शनश्री

कस्तो हुन्थ्यो होला भन्ने कुरा त पुरुषहरूसँगै सोध्नुपर्छ।

      - कला मगर

पुरुषको अस्तित्व संकटमा पथ्र्यो। धनाढ्यका छोरीहरूका हजारौं श्रीमान् हुन्थे। राम्रा छोरी जन्मिए बाबु-आमाले घरमा चाबी लगाएर नजरबन्द गर्थे।

      - सन्तोष सिम्खडा

चमत्कार नै हुन्थ्यो नि।

      - राज कार्की

सत्ययुग सुरु हुन्थ्यो कि ?

      - अनरुज थापा

हेर्दा उति राम्रा नदेखिने केटीहरूको विवाह हुँदैनथ्यो।

      - राकेश पाण्डे

धेरैजसो केटा जँड्याहा हुने भएकाले व्रत बस्नै सक्दैनन् नि।

      - सानु पहाडी

बिल गेट्सकी छोरी मेरी श्रीमती हुन्थी।

      - विवेक खड्का

खानेकुराको कमी हुँदैनथ्यो।

      - सीताराम दाहाल

रमाइलो हुन्थ्यो नि ब्रो।

      - लोटस बोहरा

धेरै जना व्रत बसेपछि भोकमरी हँुदैनथ्यो नि।

      - घायल अचानो

म त क्याटि्रना कैफलाई माग्ने थिएँ।

      - रुबेन खनाल

एन्जेलिना जोली मसँगै हुन्थी।

      - गोपेश सिंह

विश्वयुद्ध नै सुरु हुने थियो।

      - समीर ढुंगेल

सम्पादकज्यूलाई युवती चाहिएजस्तो छ नि।

      - बाबु ढकाल

बलात्कारका घटना कम हुन्थे कि ?

      - सीएम तिमिल्सिना

घरजम गर्न सजिलो हुन्थ्यो।

      - समर्पण

सबैको घरबार बिग्रने थियो।

      - पार्वती न्यौपाने

अचम्मै हुने थियो।

      - मतिना राई, विक्रम मगर

व्रत बसेर १०-२० जनाले एउटै केटी माग्ने थिए, अनि भगवान्ले पनि सोच्नुपर्ने स्थिति आउने थियो।

      - राजु कँडेल

म त खुसीले पन्छीजसरी उड्ने थिएँ।

      - कृष्ण थापा

प्रधानमन्त्री सुशील कोइराला पनि व्रत बस्थे होलान्।

      - सागर लहर

खर्च कम हुने थियो। पानीपुरी ख्वाउनु पर्दैनथ्यो, न त मोबाइलमा ब्यालेन्स नै हाल्नुपथ्र्यो।

      - शंकर केसी

कसै-कसैका १६ सय श्रीमती हुन्थे होलान्।

      - सुमन पोखरेल

धनी र गरिब दुवै बाउका छोरीलाई मर्का पथ्र्यो। एउटीकहाँ लाइन लागेर हैरान, अर्कीकहाँ मसानघाट जस्तो शान्ति।

      - कृष्ण चिलुवाल

पल्लो घरकी छिमेकी मेरी हुन्थी।

      - प्रयास

नारीले मनाउनुपर्ने तीज पुरुषले मनाउँथे।

      - दिवस मगर

एउटै युवतीका धेरै श्रीमान् हुने थिए, किनभने जसले पनि राम्री युवती चाहन्छन्।

      - नरेन्द्र आले मगर

प्रकाशित :भाद्र ६, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्