
शिक्षाका लागि मेलोडी नाइट
भाद्र ६, २०७१
नेपालका विकट गाउँठाउँमा रहेका विपन्न, गरिब तथा अनाथ विद्यार्थीहरूको शिक्षादीक्षामा आर्थिक सहयोग जुटाउन ह्युमन नेचर फाउन्डेसन नेपाल हङकङले 'मेलोडी नाइट' शीर्षकको कार्यक्रम सम्पन्न गरेको छ। चर्चित गायक सुरेश कुमार, राजेश पायल राई, अविनाश घिसिङ, भरत सिटौलासँगै स्थानीय कलाकारहरू राज तामाङ, गणेश न्यौपाने, विनोद मेखु, इन्द्र देव राई, क्रिस्टिना-लुना, वन सट समूह आदि प्रस्तुत भएको उक्त कार्यक्रमबाट ३० देखि ४० हजार हङकङ डलर -३ लाख ८० हजारदेखि ५ लाख रुपैयाँ बढी) बचत गर्ने लक्ष्य लिइएको फाउन्डेसनको हङकङ शाखाका सदस्य प्रदीप माल्बुलले बताए। यसअघि हङकङबाट पठाइएको ६० हजार रुपैयाँले रौतहटका विद्यार्थीहरूलाई सहयोग गरिएको थियो। सन् २०१२ मा स्थापित यो संस्थामा अविनाश घिसिङ, भरत सिटौला, श्रेया सोताङ, मेघ लामा, रेश्मा सुनवार आदि कलाकार पनि सम्लग्न रहेको माल्बुलले बताए। आर्थिक सहयोग जुटाउने उद्देश्य भए पनि कार्यक्रममा कलाकारहरूले दर्शकहरूलाई उत्तिकै मनोरञ्जन प्रदान गरेका थिए।
प्रकाशित :भाद्र ६, २०७१



















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्