Teej banner
हेल्दी हेयरमा सृष्टि

हेल्दी हेयरमा सृष्टि

भाद्र ६, २०७१

छोरीहरूको नृत्य तथा गायन प्रतिभा पहिचान गर्दै उनीहरूलाई राष्ट्रिय मञ्च दिएर अघि बढाउन सञ्चालित हेल्दी हेयर प्रतियोगिताको छैटौं संस्करण काठमाडौंकी सृष्टि महर्जनले जितेकी छिन्। उनले प्राप्त गरेको ५ लाखबराबरको पुरस्कारमा आफ्नै म्युजिक भिडियोमा अभिनय गर्ने तथा छात्रवृत्ति पनि समावेश छ। यसैगरी उक्त प्रतियोगितामा रोशनी गुरुङले द्वितीय तथा मेघना तिवारीले तृतीय स्थान हासिल गरे।

नेपालका पाँचै विकास क्षेत्रका विभिन्न सहरमा अडिसन सञ्चालन गरिएको हेल्दी हेयर प्रतियोगितामा राजभाइ सुवाल, दिया मास्के र इन्दिरा जोशीले उत्कृष्ट प्रतिभाहरू छनोट गरेका थिए। सुदूरपश्चिमाञ्चलबाट राखी नेपाली, मध्यपश्चिमाञ्चलबाट मेघना तिवारी, पश्चिमाञ्चलबाट रोशनी गुरुङ, पूर्वाञ्चलबाट सदीक्षा दाहाल तथा मध्यमाञ्चलबाट सृष्टि महर्जन हेल्दी हेयर प्रतियोगिताको क्षेत्रीय विजेता भएका थिए।

प्रकाशित :भाद्र ६, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्