मोसन सेन्सरमा आधारित स्मार्ट लाइट

मोसन सेन्सरमा आधारित स्मार्ट लाइट

भाद्र ६, २०७१-

फिलिप्स र डिज्ने फरक प्रकृतिका कम्पनी हुन्। फिलिप्सले विभिन्न प्रविधिका विद्युतीय उत्पादन निर्माण गर्छ भने डिज्नेले बालबालिकाका लागि मनोरञ्जक सामग्री निर्माण गर्छ। अहिले भने यी दुवै कम्पनी मिलेर मनोरञ्जक विद्युतीय सामग्रीका रूपमा बालबालिकाका लागि उपयुक्त लाइट निर्माण गरेका छन्। उनीहरूले निर्माण गरेको लाइट एलइडी प्रविधिमा आधारित इमेजिनेटिभ लाइटिङका विभिन्न रेन्ज हुन्। यसमा डिज्ने क्यारेक्टरमा आधारित सफ्ट टोय पनि संलग्न छ। यी लाइट मोसन सेन्सर प्रविधिमा समेत आधारित छन्। बालबालिकालाई ध्यान दिएर यस प्रकारको सेन्सर प्रयोग गरिएको हो। बालबालिका हिडडुल गर्दा मोसन सेन्सरकै कारण लाइट स्वचालित रूपमा अन हुन्छ।

प्रकाशित :भाद्र ६, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्