काठमाडौं बसेर गाउँको दु:ख बुझ्न सकिन्छ र ?

काठमाडौं बसेर गाउँको दु:ख बुझ्न सकिन्छ र ?

- अश्विनी कोइराला

श्रावण ३०, २०७१

गएको साता काठमाडौंबाट उयदपुर जान लागेको रात्रीबसमा एउटी युवती सुँक्कसुँक्क गरिरहेकी थिइन्। छेउमा एकजना युवा उनलाई नरुन आग्रह गरिरहेका थिए। बसका अन्य यात्री खुसी नै देखिन्थे, सबै आ-आफ्ना धुनमा थिए। उनी मात्र किन रोइन् ? जिज्ञासा उठ्नु स्वाभाविक थियो। साप्ताहिकले उनीसँग कुरा गर्ने तत्परता देखायो।

पहिले त उनले पत्रिकाका लागि कुराकानी गर्न ठाडै अस्वीकार गरिन्। तपाईंसँग कुरा गरेर के हुन्छ ? म काठमाडौं बस्न पाउँछु र ? सक्नुहुन्छ भने जागिर लगाइदिनुस्, पत्रिकामा मेरो नाम किन छाप्नुपर्‍यो ?'

छेउमा बसेका उनका गाउँले दाइले खै के भनेर सम्झाए कुन्नि, एकैछिनमा उनको मुड परिवर्तन भयो। त्यसपछि साप्ताहिकसँग कुरा गर्न थालेकी ती युवती गाडी हिँड्न लाग्दा पनि उनको कुरा सकिएको थिएन। गाडीलाई एकछिन पर्खिन लगाउँदै भन्दै थिइन्, 'पख्नु न हौ, ड्राइभरजी, मेरो कुरा पत्रिकामा छापिन्छ रे, म ठूलो मान्छे हुन्छु रे। अरु एकैछिन त हो नि।'

२० वर्षे खिला मगर काठमाडौं छाड्नुपरेकोमा दु:खी थिइन्। एसएलसी उत्तीर्ण गरेर काठमाडौं छिरेकी खिलाको सपना काठमाडौंमै जम्ने रहेछ। 'काम गर्छु, पैसा कमाउँछु, एउटा सरिफ केटो फकाएर विवाह गर्छु भनेर सोचेकी थिएँ, तर घर र्फकनुपर्‍यो।' खिलाले केही बेर यताउताका कुरा गरेपछि विषय प्रवेश गर्दै भनिन्, '१५ महिना मैले सिलाइ सिकें, तान्न-बुन्न जानें। केटाकेटीका लागि खेलौना बनाउन जान्ने भएँ तर काम पाइनँ।' खासमा उनलाई नेपाल चर्खा प्रचारक संघले १५ महिनासम्म विभिन्न किसिमका तालिम दिएको रहेछ। प्रत्येक वर्ष दर्जनौं जिल्लाबाट काठमाडौं आएका युवतीलाई संघले तालिम दिने व्यवस्था गरेको रहेछ। केही परिचितले उनको नाम सिफारिस गरेपछि उक्त संस्थाले सीप सिकायो, तर उनको सीप काठमाडौंमा काम लागेनछ। 'भन्नुस् त, त्यत्रो महिना संस्थाले मलाई पाल्यो, सीप सिकायो, खाली हात र्फकनुपर्दा दु:ख लाग्दैन, त्यही भएर रोएकी।' बल्ल खिलाको आँसुको रहस्य खुल्यो।

हातमा सीप भएका साधारण मान्छेलाई काठमाडौंमा भन्दा गाउँमा बढी फाइदा छ। उनको गाउँमा पनि कपडा सिलाउने सुचिकार छैनन्। यस्तो बेला गाउँमा गएर सीप देखाउनु राम्रो होइन ?

होइन रे।

'गाउँको दु:ख तपाईंलाई के थाहा ? काठमाडौं बसेर गाउँको दु:ख बुझ्न सकिन्छ र ?' खिलाले गाली गरेकै शैलीमा भनिन्, 'गाउँ त परबाट हेर्दा मात्र राम्रो हो, नजिकै जाँदा दु:ख भन्दा केही छैन।'

खिलाका बुवा-आमाका ९ जना सन्तान रै'छन्। ५ छोरा र ४ छोरीमध्ये गाउँमा एउटा भाइ र बहिनी मात्र छन्। घरको आम्दानीले कहिल्यै पुग्दैन। घरमा सार्‍है दु:ख छ। 'मैले ६ कक्षादेखि ९ कक्षासम्म पढ्दा कहिल्यै राम्रोसँग खान पाइनँ।' बिहान ४ बजे उठेर खाना पकाएर त्यो खाना बोकेर स्कुल जानुपथ्र्याे।' तीन घण्टा टाढा रहेको आफ्नो स्कुलको कथा सम्झँदै खिलाले भनिन्, 'स्कुलनजिक रहेको कुवामा बसेर हामी त्यो खाना खान्थ्यौं र स्कुलमा छिथ्र्यौ।' चार बजे स्कुल छुट्टी भएपछि घर जान उकालो चढ्नुपथ्र्याे। उकालो चढ्न ४ घन्टा ल्ााग्थ्यो। घर पुग्दा उनी भोकले हैरान हुन्थिन्।

कुनै दिन खाना बोकेर हिँड्न अल्छी लाग्थ्यो। त्यो बेला मकै-भटमासले दिन टार्नुपथ्र्यो। राति आएर आफंैले भात नपकाई खान पाइदैनथ्यो। किनभने उनका परिवार खेतीबाट भर्खरै आएका हुन्थे। 'अब भन्नुहोस्, हातमा सीप सिकेर फेरि त्यही घर र्फकनु, त्यही दु:ख गर्नु ?' उनी फेरि रिसाएझैं भन्न थालिन्, 'म त दसैंसम्म घर बस्ने हो, दसैंपछि त जसरी पनि काठमाडौं आउँछु। यहाँका मानिस जतिबेला पनि खाइरहेका हुन्छन्, हामी भोकै हुन किन गाउँ जानु ? अहिले त हातमा सीप छ।' उनलाई एक जना गाउँले दिदीले कुनै टेलर्समा जागिर लगाइदिने आश्वसन पनि दिएकी छिन् ।

सँगै तालिम लिँदा हेटौंडाकी जमुना मगरसँग उनको गहिरो दोस्ती भएको रहेछ। शारदा पनि काठमाडौंमा काम नपाएपछि घरै फर्किन्। जमुनाले उपहार दिएको कुर्तासलवार लगाएकी खिला भन्दै थिइन्, 'जीवन बिताउन पाए, उसैसँग बिताउने थिएँ। विचरी जमुनाले पनि काम नपाएर फर्किनुपर्‍यो।' उनी काठमाडौंले काम नदिएकोमा अझै चित्त दुखाउँदै थिइन्।

चिट चोरेर एसएलसी पास भएको हाकाहाकी बताउने खिला खासमा राजेश हमाललाई भेट्न काठमाडौं आएकी थिइन्। राजेश हमालसँग भेट त भएन, तर उनले हमालका दुई फिल्म हेरेर चित्त बुझाइन्। 'काठमाडौंमा राजेश हमाल भेटिन्छन् भन्ने सुनेको थिएँ, के-को भेट्नु। बाटोमा हिँड्दा म सबै कारमा राजेश हमाल छन् कि भनेर हेर्थें, कहिल्यै देखिनँ।' यसो भनेर उनी मज्जाले हाँसिन्। यसबीच उनीसँग नेताका बारेमा सोधियो, त्यो बेला भने उनले कुनै पनि नेताको नाम भन्न सकिनन्। 'के जान्नु, नेता, मन्त्रीको नाम के हो ? बरु रेखा थापालाई चाहिँ चिन्छु।'

खिलाको सबैभन्दा ठूलो धोको नै दुई लाख कमाउनु रहेछ। दुई लाख कमाएँ भने उदयपुर बजारमा पक्की घर बनाउँछु र आमा-बुवालाई पहाडबाट सार्छु। त्यहीँ टेलर्स खोल्छु। त्यति हुन सक्यो भने काठमाडौं किन बस्नुपर्‍यो ?'

कान्छो भाइबाहेक घरका सबै दाजु विदेशमा छन्। दाजुहरू विदेशबाट पैसा कमाउँदै छुट्टँिदै गरेको देखेकी खिलाले उल्टै सोधिन्, 'साँच्ची सर, केटा मान्छे विवाह गरेपछि किन छुट्टन्िछन्। पैसा कमाएर, विहे गरेर आमा-बुवा पाल्नुपर्ने होइन र ?'

धेरै सन्तान जन्माएर पनि आमालाई दु:ख भएको देखेपछि खिला आफैंले पैसा कमाउने र आमा-बुवालाई पाल्ने इच्छा गरेकी हुन्। त्यसैले उनी काठमाडौं बसेर पैसा कमाउन चाहन्थिन्। काम नपाएपछि पहाड फर्किनुपरेको पीडा बताइरहँदा उनको गाडी हिँड्न लाग्यो। उनी अझै कुरा गर्न चाहन्थिन्, तर खिलाको कुरा नसुनी गाडी अघि बढ्यो। उनी पछि कुरा गरौंला भन्ने भावले मन कुँडाउँदै गाडी चढिन्।

खिलाका आँखा फेरि रसाए।

प्रकाशित :श्रावण ३०, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्