हनुमानढोका

हनुमानढोका

श्रावण २३, २०७१

गाईजात्रा मनाउन सुरु भएदेखि नै देखा परेको प्रहसन गर्ने परम्परा हिजोआज पनि कायमै छ। प्रहसन देखाइने पुराना स्थलहरू काठमाडौं उपत्यकामा धेरै छन्। हनुमानढोका दरबार क्षेत्र रहेको वसन्तपुरको डबलीलाई गाईजात्रा प्रहसन प्रस्तुत गर्ने प्रमुख स्थान मानिन्छ। काठमाडौंका विभिन्न स्थानबाट निस्किएको गाईजात्रा वसन्तपुरमा पुगेपछि विभिन्न प्रहसन देखाउने चलन पुरानो रहेको इतिहासकार योगेन्द्रमान श्रेष्ठ बताउँछन्। प्रताप मल्लले जात्रालाई हनुमानढोका दरबार परिक्रमा गराई विभिन्न वेशभूषामा व्यंग्य प्रस्तुत गर्दै नाच्ने चलन बसाएको श्रेष्ठले बताए। वसन्तपुरस्थित कुमारी गद्दीमा उभिएर प्रहसन गर्ने प्रचलनचाहिँ पछि थपिएको हो।

प्रकाशित :श्रावण २३, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्