
मिस टिन भइन ज्योति
श्रावण २३, २०७१
गएको शुक्रबार सम्पन्न 'मिस टिन आइडल-२०१४' मा खोटाङकी १७ वषर्ीया ज्योति क्षेत्रीले मुख्य उपाधि हात पारेकी छिन्। एक्सन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालित उक्त प्रतियोगितामा काभ्रेकी १७ वर्षीया साइरिला श्रेष्ठ तथा वीरगन्जकी १८ वषिर्या प्रियंका मानन्धर क्रमश: फस्ट र सेकेन्ड रनर्सअप भए। मिस टिन आइडलमा १५ जिल्लाका २३ प्रतियोगी अन्तिम प्रतिस्पर्धामा थिए।
प्रज्ञाभवनमा सञ्चालित प्रतियोगितामा प्रमिशा लुइँटेल मिस स्माइल, निकिता महत मिस पर्सनालिटी, प्रियंका महर्जन मिस बेस्ट स्किन, दिव्या महर्जन मिस बेस्ट हेयर, इलिसिभा देवान मिस फ्रेन्डसिम, सञ्जु केसी मिस फोटोजेनिक, उपमा बानियाँ मिस पञ्चुअल, लक्ष्मी राई मिस डिस्सिप्लिन, पेमला शेर्पा मिस पप्लिक च्वाइस तथा अर्पणा लामा मिस ट्यालेन्ट घोषित भए। उक्त कार्यक्रममा सुसन साम्सोहाङको गीत, गणेश इशाराको क्यारिकेचरदेखि क्याम्बि्रज पब्लिक स्कुलको आकर्षक नृत्यले पर्याप्त मनोरञ्जन प्रदान गरेको थियो।
प्रकाशित :श्रावण २३, २०७१



















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्