योचाहिँ अति आवश्यक कुरा हो।

योचाहिँ अति आवश्यक कुरा हो।

श्रावण १६, २०७१

योचाहिँ अति आवश्यक कुरा हो। (फेसबुक सञ्चालन नियमावली, साउन ९) एकातिर समय, पैसा र शक्ति खर्च भैरहेको छ। अर्कातिर सामाजिक सम्बन्धहरू भत्किँदै गैरहेका छन्। क्यान्डिक्रसको रिक्वेस्ट आएर हैरान बनाइसकेको छ। यो त अति भयो। जथाभावी लेख्ने र फोटो पोस्ट गर्नेहरूलाई कारबाही हुनैपर्छ।

      - प्रवीण राई, तिलकराज

सरस्वतीजी, तपाईं हाम्रा अभिभावकहरूका लागि लडिरहनुभएको छ। (राजनीतिमा लाग्नेहरू आमा, बुबालाई माया गर्दैनन्, साउन ९) हिम्मत नहारी अघि बढ्नुहोला। एक दिन पक्कै जित हुनेछ।

      - साजन रिजाल, अस्टे्रलिया

सुबिनजी, वसन्तपुर शीर्षकको लेख मन पर्‍यो। (वसन्तपुर, साउन ९) यस्ता धेरै घटना भैरहेका छन्। यस्तै मन छुने लेखको अपेक्षा गरेको छु।

      - प्रकाश रत्न

यस पटकको गजुरियल विश्लेषण धेरै राम्रो लाग्यो। अहिले नेपालमा युवाहरूलाई फेसबुकले नराम्रोसँग सताएको छ। गाडीमा, बाटोमा, घरमा, क्लासमा जता पनि फेसबुक मात्र चलाएको भेटिन्छ।

      - सुजन घतानी

मलाई साप्ताहिक राम्रो लाग्छ। यसमा युवाहरूलाई फाइदा पुग्ने विषयहरू, स्वास्थ्य, सामान्य ज्ञान, लोकसेवा आयोगको तयारी आदि सामग्री थप्ने हो भने अझ राम्रो हुने थियो।

      - द्रोण खड्का

तपाईंले उठाएका माग एकदमै जायज छन्। (राजनीतिमा लाग्नेहरू आमा-बुबालाइ माया गर्दैनन्, साउन ९) निरन्तर संघर्षमा लाग्नुहोस्। एक दिन अवश्य सफल हुनुहुनेछ।

      - प्रशान्त लामा

शिल्पाजी, तपाईंको नाम चलचित्र क्षेत्रमा चम्कियोस्। (छविराजकी शिल्पा, साउन ९) शुभकामना।

      - कृष्ण श्रेष्ठ

राम्रो सोच रहेछ। (विश्व किर्तिमानको तयारी, साउन ९) मलाई मन पर्‍यो।

      - वीरबहादुर खुलाल

नक्कल गर्नेले दु:ख पाउँछन्। (नक्कल गर्दा प्रहरीको फन्दामा, साउन ९) त्यसैले आफ्नै मौलिकतामा जोड दिनुपर्छ।

      - रोशन आचार्य

हर्रो बहुउपयोगी रहेछ। (हर्रोले हराउँछ रोग, साउन ९) म यसको प्रयोग अवश्य गर्नेछु।

      - राज श्रेष्ठ

प्रकाशित :श्रावण १६, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्