फेसबुकले रोक्यो

फेसबुकले रोक्यो

श्रावण ९, २०७१

युनिभर्सिटी अफ वारविकको रोविङ सोसाइटीका छात्राहरूले एक क्यान्सर अनुसन्धान केन्द्रलाई सहयोग गर्न सन् २०१४ का लागि निर्वस्त्र फोटो सुट गराएर क्यालेन्डर प्रकाशित गरे। छात्राहरूले मनोरञ्जनका लागिभन्दा पनि उक्त क्यालेन्डरको बिक्रीबाट आएको पैसा म्याकमिलन क्यान्सर संस्थालाई प्रदान गर्ने घोषणा गरेका थिए। न्यूनतम साढे ५ लाख रुपैयाँ संकलन गर्ने योजना बनाएर उनीहरूले क्यालेन्डर बिक्रीका लागि फेसबुकमा पेज खोले। फेसबुकले उनीहरूको उक्त कार्य अश्लील भएको बताउँदै त्यो पेज नै हटाइदियो। मानवीय कार्यका लागि सञ्चालित अभियानमा फेसबुकले कहाँ अश्लीलता देख्यो भनेर अहिले अन्य सोसल मिडियामा ठूलै बहस चलिरहेको छ।

प्रकाशित :श्रावण ९, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्