
फेसनेसन आउँदै
श्रावण ३, २०७१
फेसन र आर्टमा आफ्नो पृथक् अभिव्यक्ति दिदै आएको 'फेभिक्रिल' नामक भारतीय ब्रान्डले राजधानीमा 'फेसनेसन-२०१४' शीर्षकको एउटा कार्यक्रम आयोजित गर्ने भएको छ। साउन ८ गते बिहीबार दरबारमार्गस्थित होटल याक एन्ड यतिमा उक्त कार्यक्रम प्रस्तुत हुनेछ। फेसन शोमा आधुनिक शैलीका पहिरनहरूको प्रदर्शनी हुनेछ जसमा लेस, स्टोन र सिक्वेन्सको संयोजन रहेनछ। फेसन कार्यक्रममा प्रदर्शन गरिने सबै पहिरनमा इम्ब्रोइडरी वा सिलाई प्रयोग नगरी फेभिक्रिलको फ्याबि्रक ग्लु प्रयोग गरिएको हुनेछ र ती पहिरन झकिझकाउ एवं आकर्षक हुनेछन्।
कार्यक्रममा प्रदर्शन गरिने पहिरनलाई ६ वटा चरणमा विभाजित गरिएको छ, जसलाई ट्रेडिसनल, फ्युजन र वेस्टर्न वेयरका रूपमा प्रदर्शन गरिनेछ। पस्मिना सलको राउन्ड पनि यो फेसन शोको आकर्षण रहनेछ। नमुना कलेज अफ फेसन टेक्नोलोजीको सहकार्य रहने यो कार्यक्रममा ६ जना व्यावसायिक एवं १० जना नमुना कलेजका विद्यार्थी डिजाइनहरूले मोडलको भूमिका निर्वाह गर्नेछन्।
प्रकाशित :श्रावण ३, २०७१

















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्