छिन्नतला गीत पुरस्कार

छिन्नतला गीत पुरस्कार

श्रावण ३, २०७१

संगीतकार राजु सिंहलाई छिन्नलता गीत पुरस्कारबाट पुरस्कृत गरिएको छ। गीतकार रमोलादेवी शाह 'छिन्नलता' को ९२ औं जन्मजयन्तीको अवसर पारेर आयोजित ३२ औं छिन्नलता गीत पुरस्कार समर्पण समारोहमा सिंहलाई संगीततर्फको छिन्नलता पुरस्कार प्रदान गरिएको हो। गीतकारतर्फको यो पुरस्कार डा.रामविक्रम सिजापतिलाई प्रदान गरिएको छ। गायकतर्फ उदय सोताङ तथा गायिकातर्फ रजिना रिमाललाई छिन्नलता पुरस्कार प्रदान गरिएको छ। उक्त अवसरमा भारती उपाध्यायलाई विशेष सम्मान प्रदान गरियो। समारोहमा छिन्नलताको शब्दको एउटा गीत गायिका निशा देशारले प्रस्तुत गरेकी थिइन्।

प्रकाशित :श्रावण ३, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्