फेसबुकबाट यौनचाहना व्यक्त

फेसबुकबाट यौनचाहना व्यक्त

श्रावण ३, २०७१

अहिले ताइवानका विभिन्न विश्वविद्यालयमा अध्ययनरत छात्राहरूले फेसबुकलाई यौनचाहना व्यक्त गर्ने थलोका रूपमा परिणत गर्ने लहर चलेको छ। अधिकांश छात्राले फेसबुकमा पेज खोल्दै एक रात सँगै बिताउने प्रस्ताव राख्न थालेका छन्। ताइवानको उत्तरी भेगमा रहेका विभिन्न विश्वविद्यालयमा अध्ययनरत २० वर्षभन्दा माथिका युवतीहरूले उक्त कार्यमा संलग्न छन्। ताइवानको सिन हिंसी विश्वविद्यालयका छात्राहरूको उक्त गतिविधि अहिले अभियानकै रूपमा विकसित हँुदै गएको छ। यसरी फेसबुकमा पेज खोल्ने छात्राहरूले अहिलेको शिक्षाले महिलाको यौनचाहनाका बारेमा कुनै किसिमको अध्ययन गराउँदैन र महिलाको यौनचाहनालाई सरकारदेखि समाज सबै संकुचित बनाउन खोज्छन्। त्यही भएर महिलाको यौनचाहना कस्तो हुन्छ भन्ने विषयमा ध्यान आकृष्ट होस् भनेर पनि यसरी पेज खोलिएको एक छात्राले बताइन्।

प्रकाशित :श्रावण ३, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्