तनावमा एन्जेलिना

तनावमा एन्जेलिना

श्रावण २, २०७१

अचानक एउटा भिडियो लिक भएपछि हलिउडकी प्रख्यात अभिनेत्री एन्जेलिना जोली तनावमा छिन्। सन् १९९९ मा खिचिएको उक्त भिडियो भाइरससरि इन्टरनेट सञ्जालमा फैलिएको छ र विश्वभरका मानिसहरू त्यसलाई हेरेर अचम्म मानिरहेका छन्। एन्जेलिना ड्रग्स युजर हुँदा उक्त भिडियो खिचिएको बताइन्छ। आँखाको डार्कसर्कल, फोहरी स्वरूपमा हडबडाएको हाउभाउमा फोनमा उनी कसैसँग कुराकानी गरिरहेकी छिन्। ड्रग डिलर फ्राकंलिन मेयरले १६ मिनेटको उक्त भिडियो आफूले खिचेको बताएका छन्। एन्जेलिनाले म्यानहटनस्थित आफ्नो घरमा कोकिन र हेरोइन डेलिभरिका लागि बोलाएको समयमा समयमा उक्त भिडियो खिचेको उनको दाबी छ। 'वल्र्ड एक्सक्लुसिभ एन्जिज हेरोइन एन्ड कोकिन सेम' शीर्षकमा यो भिडियो उपलब्ध हुन्छ।

 

प्रकाशित :श्रावण २, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्