नेपाललाई तपाईंजस्तै युवाको खाँचो छ।

नेपाललाई तपाईंजस्तै युवाको खाँचो छ।

श्रावण २, २०७१

क्षितिजजी, नेपाललाई तपाईंजस्तै युवाको खाँचो छ। (शुल्क बुझाउन नसक्दा विद्यालयबाट निकालिएँ, असार २७) मलाई तपाईंको काम सार्‍है राम्रो लाग्यो।

      - सुवास रायमाझी

कस्तो अचम्म हो। (कुकुरको प्रेममा, असार २७) कुकुरलाई कति प्रेम गरेको !

      - कमल गुरुङ

घरमै बसेर पनि यति उपयोगी काम गर्न सकिँदो रहेछ। (योग र जीवन : गोमुखासन, असार २७) योग र जीवनसम्बन्धी टिप्सहरू उपयोगी लागे।

      - सागर राई

एकदमै उपयोगी सूचना रहेछ। (खोजी वैदेशिक अध्ययन गन्तव्यको, असार २७) साप्ताहिकमा यस्तै ज्ञानगुनका कुरा पढ्न पाइयोस्।

      - प्रेमबहादुर बूढा, चौमाला, कैलाली

सुजनजी, इच्छा राखेर मात्र हुँदैन। (शरीरका धनी सुजन, असार २७) निरन्तर कर्म पनि गर्नुपर्छ। कर्मले नै तपाईंलाई गन्तव्यमा पुर्‍याउँछ।

      - राजु कार्की, सोल्टु-७, पालुङ

यो बेला नै यस्तै हो। (के बन्ने, असार २७) के गर्ने, के पढ्ने भन्ने निर्णय लिनै नसकिने। अभिभावकले राम्रोसँग सल्लाह दिनु उपयुक्त हुन्छ।

      - श्रेया पौडेल

जुम्ल्याहा दिदी-बहिनीका कुरा पढेर रमाइलो लाग्यो। (कहिल्यै नछुट्टनिे जुम्ल्याहा, असार २७) प्राय: जुम्ल्याहाहरूको आनीबानी र सोच एउटै हुन्छ। उनीहरू छुट्टनि नमान्ने खालका हुन्छन्।

      - धमेन्द्र ठकुरी

अर्चनाजी अस्टे्रलियाबाट डान्स गर्नकै लागि नेपाल आएको कुरा सुनेर आश्चर्य लाग्यो। (अर्चना डेलाला, आइटम डान्सर, नायिका, असार २७) तपाईंको चाहना पूरा होस्— शुभकामना।

      - रवीन्द्र शाह

विनोद बन्जाराजी, तपाईंको गीति एल्बमले सफलता पाओस्। (म्युजिक अपडेट, बन्जारा, असार २७) फरक धारका गीत लेख्नुहोला। तपाईंको पहिचान फरक होस्।

      - भावना लम्साल, धादिङ

परिणिति चोपडाको प्रशंसा चुलिएको छ। (परिणति भर्सेज आलिया, असार २७) तपाई आफ्नो काम गर्दै जानुस्। अरूसँग तुलना गर्नै पर्दैन।

      - युग बस्नेत

नीरुजी, तपाईंको दुर्घटना अनुभव गजब रहेछ। (दुर्घटना : निरु खड्का, हास्यकलाकार, असार २७) काम गर्दै जाँदा यस्तो दुर्घटना त भैहाल्छन् नि आत्तिनु हुँदैन।

      - समीर गुरुङ

प्रकाशित :श्रावण २, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्