मनोरञ्जनसँगै विश्वकप

मनोरञ्जनसँगै विश्वकप

असार २७, २०७१

नेपालका चर्चित फुटबल खेलाडीहरूलाई मोडलहरूसँग र्‍याम्पमा क्याटवाक गरेको हेर्न पाइने भएको छ। हरि खड्का, विराज महर्जन, किरण चेम्जोङ, विशाल श्रेष्ठ, नीराजन मल्ल र दीपक भुसाललाई मोडलहरूसँग र्‍याम्पमा हिँडको हेर्न विश्वकप फुटबलको फाइनलको रात पर्खनुपर्ने हुन्छ। त्यो दिन खेलाडीहरू १० जना मोडलसँग र्‍याम्पमा प्रस्तुत हुँदैछन्।

असार २९ गते राति दरबारमार्गस्थित होटल अन्नपूर्णमा हुने उक्त फेसन शो 'ग्ल्याम एन्ड स्पोर्टस-२०१४' मा देशका चर्चित खेलाडीहरू मोडलहरूसँग र्‍याम्पमा प्रस्तुत हुने आयोजक धीरज तन्डुकारले बताए। तन्डुकारले भने- 'खेलकुद र मनोरञ्जनको स्वाद एक साथ लिनसक्ने वातावरण मिलाउन उक्त कार्यक्रम आयोजित गरिएको हो।' कार्यक्रमको अन्त्यमा विशाल स्त्रिmनमा विश्वकप फुटबलको फाइनल हेर्ने व्यवस्था पनि छ । मध्यरातपछि हुने फाइनल खेलको प्रतीक्षा गर्दै फेसन शो, किड्स फेसन शो, गीत-संगीत, डिजे सेसन, विभिन्न परिकारका साथमा देशी-विदेशी मदिराको मज्जा लिन पाइने व्यवस्था आयोजक बेटर ग्यालेक्सीले गरेको छ । उक्त फेसन सोको कोरियोग्राफी सञ्चित श्रेष्ठ तथा पहिरनको डिजाइन कायरा बुटिकले गर्नेछन् । कार्यक्रमको मिडिया सहयोगी साप्ताहिक हो ।

प्रकाशित :असार २७, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्