ढकाल र नेपाललाई क्रिएटिभ राष्ट्रिय सम्मान

ढकाल र नेपाललाई क्रिएटिभ राष्ट्रिय सम्मान

असार २७, २०७१

पोखरामा हरेक वर्ष सञ्चालन हुँदै आएको क्रिएटिभ सम्मान यसपटक पनि संगीतमय रह्यो। कार्यक्रमको मुख्य आकर्षण बने गायक रामकृष्ण ढकाल र जितु नेपाल। ढकालले आफ्ना लोकप्रिय गीत गाए भने जितु नेपालले पेट बटारुन्जेल हँसाए। कार्यक्रममा स्थानीय कलाकारहरू पनि नृत्य, गायन तथा हास्यव्यङ्ग्य प्रस्तुत गरेका थिए। उक्त अवसरमा शिक्षाविद् जर्ज जोन, उद्योगी सूर्यबहादुर केसी, सिएनएन हिरो अनुराधा कोइराला, गायक रामकृष्ण ढकाल, हास्यकलाकार जितु नेपाल तथा पर्यटन व्यवसायी देवेन गिरीलाई क्रिएटिभ राष्ट्रिय सम्मान प्रदान गरियो। त्यस्तै र्‍यापर आशिष राना लाहुरेलाई  उत्कृष्ट युवा पुरस्कार तथा बालप्रतिभा रानी ढकाल र सुुदेन गिरीलाई बालप्रतिभा पुरस्कारले सम्मानित गरिएको थियो।

प्रकाशित :असार २७, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्