श्रीमती बोक्ने उपाधि आयोजकलाई नै

श्रीमती बोक्ने उपाधि आयोजकलाई नै

असार २७, २०७१

फिनल्यान्डका एक दम्पतीले वाषिर्क रूपमा सञ्चालन हुने श्रीमती बोक्ने प्रतियोगिताको उपाधि हात पारेका छन्। हेलसिन्कीमा सम्पन्न १९ औं संस्करणको श्रीमती बोक्ने प्रतियोगितामा भिल्ली पार्भियानिन तथा जेनेट ओक्सम्यानले २ सय ५३ मिटरको बाधा दौड ६३ दशमलव ७५ सेकेन्डमा पूरा गरी उपाधि जितेका हुन्। प्रतियोगितामा अस्ट्रेलिया, जापान, अमेरिका आदि आधा दर्जन देशका ३६ जोडी दम्पतीले सहभागिता जनाएका थिए।

यो प्रतियोगितामा श्रीमती १७ वर्ष पूरा भएकी तथा ४९ किलोग्रामभन्दा बढी तौलको हुनुपर्ने नियम छ। यदि आफू विवाहित नभएको स्थितिमा प्रेमिका वा छिमेकीकी श्रीमतीलाई पनि बोकेर प्रतियोगितामा सहभागिता जनाउन पाइन्छ। फिनल्यान्डले वाषिर्क रूपमा आयोजना गरिरहेको यो विचित्रको प्रतियोगिताले पर्यटकहरूको ध्यान आकृष्ट गर्न थालेपछि फिनल्यान्ड यो रोचक खेलको गन्तव्य पनि बन्दै गएको छ। फिनल्यान्डमा मोबाइल फ्याँक्ने, गितारबिना हावामा गितार बजाएजस्तो हाउभाउ गर्नुपर्ने तथा हिलोमा फुटबल आदि प्रतियोगिता पनि सञ्चालन हुने गरेको छ।

प्रकाशित :असार २७, २०७१

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्